Skip to content

योमन दुख्छ आँसु बग्छ

योमन दुख्छ आँसु बग्छ, रगत बगे सरि यहाँ
बेहोश हुन्छु पागलसरि सम्झी घरि घरि यहाँ

तड्पी तड्पी बाँच्नु पर्ने कुन भाग्यको खेल यस्तो
छिया छिया हुन्छु मुटु सोच्छु अनेक थरी यहाँ ।

ठगे पछि नियतिले यति टाढा बनाइदियो
कुन जूनीको पाप भोग्न, आए सागर तरि यहाँ ।

दैव पनि साथमा छैनन् हाम्रो दया माया देख्ने
टोलाउँदा साथ दिने, छैनन् वनकी चरी यहाँ ।

त्यहाँ तिम्रो खबर सुन्दा, भक्कानिन्छ मुटु मेरो
लेख्थे चिट्ठी दुइ अक्षरको, तर छैन खरी यहाँ ।

एकै छिन फूर्सद छैन, सधै काम मात्रै भन्छ
विरामो नै भए पनि, छैनन् भन्ने बरी यहाँ ।

यस्तो बेला याद कति आइदिन्छ सानु तिम्रो
पाए तिम्रो स्पर्शले हुन्थ्यो मन भरि यहाँ ।

न त दिनमा भोक लाग्छ, न रातमा निद मलाइ
सधै दिन यसै बित्छन् अन्येोलमा परि यहाँ ।

साग सिस्नो खोले मिठो तिम्रै हातले पकाएको
खाए पनि नखाए झैं हुन्छ आँसु झरी यहाँ ।

सक्दिन भो टाढा बस्न, एक्लिएर तिमीसँग
तिरी ऋण आउँछु घरमा नफर्किने गरि यहाँ ।

बरू खाउँला गिठा भ्याकूर, मेलापात सँगै जाउँला
पर्दैन भो सुन फलाउन, पलपल मरि मरि यहाँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *