Skip to content


सिरुपाते जुँगा मेरो,
च्याट्ट काट्छु दारी,
जुल्फी कपाल कोर्दै हिंड्छु
सबको सेखी झारी !

अतर लाउँछु मग मगाउने
पुग्छु कहिले पारी,
केटी भए चल्छ मलाई
ब्याउनी होस् कि थारी !!

गफ छांठेरा हिंड्छु कहिले
परे बोक्छु भारी,
आफै नखाई दिन्छु उपहार
कहिले कुर्ता सारी !

घरमा भने मुसा रुन्छ
खेतमा पाती घारी,
कति नक्कल पारौं हरे
आफ्नै आत्मा मारी !

राजेश रुम्बा लामा “अतृप्त”
२६-१२-२०१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *