धेरै पछि गाउँघर देखेर म रोएँ
निस्ताएका वर-पीपल भेटेर म रोए
वालक कालमा क ख ग घ पढ्ने साथीहरू
कोही नहुँदा बग्यो आँशु छेकेर म रोएँ
मखमली सयपत्री गोदावरी फूल्दा
खाली भयो गला ब्याथा लेखेर म रोएँ
भाइ पूज्न दिदी बैनी न आएर निराश हुँदै
आँगनको डिलको ढुंगा टेकेर म रोएँ
दिदी भाइको नाता पनि धन पैसामा जोखिएछ
गरीबीले जल्या’ छाती सेकेर म रोएँ