Skip to content


निष्ठुरीले छाडेर गैहाली
हेर्दा हेर्दै अर्कैकी भैहाली
एक्लो पारेर हो माया मारेर
निर्मोहीले हरिताल लाइहली
जिन्दगीमा धरधरी रुवाइहली
एक्लो पारेर हो माया मारेर

छातिभित्र आगो बल्यो, पसिना त खलखली
अझैं पनि देख्छु म त त्यही मोरीलाई झलझली
जाली रैछे सार्है नै तिर्ताली
मलाई फली आर्कैलाई अङ्गाली
एक्लो पारेर हो माया मारेर

आफ्नै बुद्धि बिगृएर मैले धोका खायाँ
बेइमानीको छलमा पर्दा अहिले दु:ख पायाँ
कालीपरि झिल्केलाई फसाई
गति फाली दुनियाँ हँसाई
एक्लो पारेर हो माया मारेर

शब्द – कालीप्रसाद रिजाल
स्वर – यम बराल
संगीत – आलोकश्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *