तिम्रै लागि किनेको छु सिन्दुर पोते चुरा सानु
छिन्नलाई तिम्रो घर कहिले आऊ कुरा सानु ।
बालपनमा गाई चराउँदा रमितेको देउरालीमा
खा’को कसम सँगै जिउने कहिले होला पुरा सानु ।
जातित्वको रवाफलाई लक्ष्मण रेखा भन्छौ भने
परिवर्तन चाहनेले भन्छन हाम्लाई लुरा सानु ।
तिमीलाई नै राखेको छु यो मनको मन्दिरमा
मन्दिर छोडी जान्छौ भने बरु हान छुरा सानु ।
जातित्वको सिमा तोड आऊ समाऊ हात मेरो
अनि मात्र समाजले भन्छ हाम्लाई सुरा सानु ।
तीर्थ”यात्री”पौडेल
लखनपुर ३ झापा,नेपाल
हाल:बहराइन
२०६७/१०/२२