Skip to content

म भित्रका खुशीहरु


म भित्रका खुशीहरू, ….
एउटा प्रकृति
एउटा सहिष्णुता
एउटा वात्सल्यता
अनि एउटा जीवन दर्शन।

मेरा प्रक्रितीका भिताहरू, कठै !
मालिङ्गो घारी, तोरी बारी,
रानीबन भित्रका ,
जीवन बिताउने चौतारी
कहीले लेकाली यौवन,
कहीले बेशीमा बयली खेल्दै
बिछट्ट छ जीवन ..

मभित्रका खुशीहरू….
कस्तो अनुपम सहिष्णुता!
एक अङ्गालोले पालमले
लिम्बुनी दिदी जिस्क्याउछिन
डोल्माको सेलो मिश्रित नयनमा
तिश्णाको भरपुर आभाश छ
पोखेरल दिदीको रत्त्यौलीका राग
शिलोक र मालशीरी
देउडा र चण्डी
ए ! मान्छे हो आओन आओ
एक छिन्
मेरो खुशी लुट्न ,
मेरो सन्दर्य बाडीचुडी लिन
अनि भरपुर खुशी जीवनको अनुभुत गर्न ।

म भित्रका खुशीहरू…..
बाबाको -आशिर्बाद
आमाको -वात्सल्यता
दाजुको -प्यार
दिदीको -स्नेह
अनि अक्षुण मायालुका मायाहरू
बैचारिक एकताको हाम्रो घर
बैभवताको सुन्दर संसार ।

म भित्रको खुशी…..
स्वातन्त्र मेरो जीवन
अब एक पल्ट
पल्टाएर हेर- बसन्तको उल्लाश छ
चलाएर हेर -तीश्णाको मधुमाश छ
छोएर हेर -शुनगाभाको सुबास छ
अनि पढेर हेर -यथाथ जीवन,
गास बास ,कपासको आवश छ
मेरो खुशी …
निरन्तर निद्रावती जस्तै….
अक्षिण कन्चन्जघा जस्तै ….
अभुतपुर्ण जीत जस्तै……

Leave a Reply

Your email address will not be published. Required fields are marked *