अब प्रत्येक ब्यक्तिका सपनाले तर्साउने छन् ।
हरेक मध्यरातिमा ऐठन पर्ने छ ।
अनिदोले सताउनेछ,
तर
निद्रा पर्नेछैन ।
जसले आफ्नो आस्थाका लागि
सिंगो जीवनको आहुति दिए,
मातृभूमिको लागि आफूलाई बलि दिए,
जनताका निम्ति बलिदानी गरे ।
जसका रगत माटोमा मुछी
स्वतन्त्रता र लोकतन्त्रको
जग निर्माण गरियो ।
हो,
अब तिनै ब्यक्तिको आत्माले धिक्कार्ने छ ।
तिनकै अधुरो सपनाले तड्पाउने छ ।
मध्यराति प्रत्येक ब्यक्तिको नयाँ सपना बनेर ।
उनले देखेको सपना भित्रको मातृभूमि,
आत्माले चाहेको आफन्तको अस्तित्वको स्केच,
खै नामोनिसान छैन,
जो अगुवा बनेर स्वार्थको पछि लागे
जसले शहिदको रगत र सपनाको घात गरे,
तिनीहरूलाई के भन्ने
के तिम्रो आत्मालाई साक्षी राखेर
भन्न सक्छौ ?
तिमी कुन बाटोमा जाँदैछौ ?
कसको खातिर तिमी यो गर्दैछौ ?
तिम्रा कारण अझै सोझा र सीधाहरूले
डर लाग्दा सपना देख्नु नपरोस् ।
मध्यरातमा कराउनु नपरोस्
हे शान्ति, तिमी कहाँ छौ भनेर ?
खोजिमा भौतारिनु नपरोस् ।
सुरेन्द् सिंह ठकुरीको तर्साउने सपना…
राम्रो लाग्यो। मन पर्यो।
नरिसाउनु होला है। एउटा नबुझेको कुरो सोधि हाल्छु।
“… तिम्रा कारण अझै सोझा र सीधाहरूले
डर लाग्दा सपना देख्नु नपरोस् । …”
यहाँ “डर लाग्दो” को सट्टा “डर लाग्दा” जानि जानि राख्नु भा’ हो कि?
तर कविताको भावना रोकिएको छैन्, बगेकै छ, मुटु छोएकै छ।
कृपया नरिसाईदिनु होला है, औंल्याएकोमा।
धन्यवाद!
शुभकामना!
बाई!
धन्यबाद बुढा जी, सुल्लाहको लागि
कवितामा अंकित गर्न खोजीएको शहिदको अवमुल्यन गर्ने अगुवा तथा नेताहरू लाइ भनिएको हो । जहाँ सम्म शब्दको प्रयोगको सवाल छ । सो जानी जानी राखिएको हो । तपाइलाइ नमिले जस्तो लागेको हुन सक्छ तर वहुपद देखाउन खोजिएको हो ।