Skip to content


साहूको रिन सम्झन्छु, निन्द्रा लाग्दैन
बन्धकी जमिन सम्झन्छु, निन्द्रा लाग्दैन

मेरै घरमा हो धमिरा लागेको
जग र दलिन सम्झन्छु, निन्द्रा लाग्दैन

बूढा छन् बाआमा, म छु बेरोजगार
भोलिका दिन सम्झन्छु, निन्द्रा लाग्दैन

स्वास्नी छोराछोरी सम्झन्छु र आफूलाई
क्षमताहीन सम्झन्छु, निन्द्रा लाग्दैन ।

युवामञ्च २०६८ जेठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *