Skip to content

नेतालाई हानौं एक चड्कन फेरि

  • by


रष्टाचार गरी गरी, मोटो रकम कमाउन, खोज्ने नेतालाई, हानौं एक चड्कन फेरि
सर्बहारा हुँ म भन्दै, ठुला महल बनाउन, खोज्ने नेतालाई, हानौं एक चड्कन फेरि

यता कोही भोकै छन, बिरामी हुँदा पैसा छैन, कठैबरा भन्दै, सघाउने मानिस छैन
उता सधैं पाँचतारेमा, प्रीति भोज मनाउन, खोज्ने नेतालाई, हानौं एक चड्कन फेरि

जनताको करबाट, तलब भत्ता खाने अनि, जनताकै काम गर्न, छोडी बिदेश जाने
नेपालीको पैसा सकी, भ्रमण गर्दै रमाउन, खोज्ने नेतालाई, हानौं एक चड्कन फेरि

घर दैलो पुगी, मागेका थियौ भोट तिम्ले, संबिधान लेख्छौ भनी, बिर्सियौ कि के हो ?
भाखा मात्रै सारी सारी, आफ्नै शासन थमाउन, खोज्ने नेतालाई, हानौं एक चड्कन फेरि

शहिदले हाँसी हाँसी, रगत दिए हाम्रो लागि, तर तिमीहरूले त, पानी सम्झी बगाई दियौ
रगत र पसिनाको, फाईदा आफैं समाउन, खोज्ने नेतालाई, हानौं एक चड्कन फेरि

अज्ञात पाल्पाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *