अक्षर मेरा आँशुका थोपा यो गीत नसम्झ
शून्य भो आत्मा बेदना तालमा यो प्रीत नसम्झ ।
छ कालरात्री भीरको छाती हिंड्दैछु म एक्लै
टल्केको पात बिहानी पख यो शीत नसम्झ ।
टोलाई हेरें रुझेका नयन आफैं नै रुझेंछु
पीडामा उसलाई सम्झाउन खोजें यो गीत नसम्झ ।
विजय ठूलो चाहिन्न कुनै अमृत बचनले
एकपल खुशी आँखामा झरे यो मीत नसम्झ ।
आशाको दियो जली नै रह्यो आँशुको तेलमा
पीडालाई मैले सँगिनी रोजें यो रीत नसम्झ ।
निर्दोष चरी पखेंटा झरी लत्रेछ भूईंमा
अमूक दर्शक बन्दैछ भीड यो हीत नसम्झ ।
बनेछ यहाँ बगैंचा सुन्दर फूलको कहाली
झर्नेछ भोलि काँडाले घोची त्यो जीत नसम्झ ।।
About your Gajal
Dear baini, I am really appreciate with your superb writing skill. It’s really amazing keep it up. Wish you a good luck ahead
Neeraj bro
Nice poem
Its really nice