Skip to content


पहाडकी नानी भन्थे, तराईकी पो रहिछ्यौ
मेरै मनकी रानी भन्थे, पराईकी पो भईछ्यौ
पहाडकी……..

आफन्त नै टाढिए सि माया मारेपछि
जीत कहिले होला र खै पहिल्यै बाजी हारेपछि
केहीगरी भेट भए…मुसुमुसु हाँसीदिनु
कमजोरी मेरै भए नरिसाइ माफीदिनु
पहाडकी…..

नभेटेनी तिमीलाई सपनीमा देख्छुहोला
सम्झनामा तिम्रो कतै गीत कथा लेख्छुहोला
यो जुनीमा नभेटेनी… अर्को जुनी पर्खिएर
उही गाउँमा उही ठाउँमा भेटौला है फर्किएर…

पहाडकी नानी भन्थे, तराईकी पो रहिछ्यौ
मेरै मनकी रानी भन्थें पराईकी पो भइछ्यौ
मेरै मनकी रानी भन्थें पराइकी पो भईछयौ
पराइकी पो भइछ्यौं

युवामञ्च २०६८ जेठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *