Skip to content

भत्ता मात्र पचाउन उपत्यका झर्यौ तिमी


कुर्चीको आभासले बालुवाटारतिर सर्यौ तिमी
भत्ता मात्र पचाउन उपत्यका झर्यौ तिमी

नचाहिदो भाषण गरी जनतालाई भ्रम पारी
गरिब दुःखी जनतालाई छोडी खोला तर्यौ तिमी

सविंधान बनाएनौ जोगी बनाउने भयौ देश
भ्रष्टचारीहरू मध्ये, उच्च स्तरमा पर्यौ तिमी

जनताको भोटले नै नेता बन्यौ आखिर तिमी
पीडितको घाउमाथि नुन चुक छर्यौ तिमी

मंन्जरी साहित्य सगंम डि .जे .एम .सि नवलपरासी

Leave a Reply

Your email address will not be published. Required fields are marked *