Skip to content

तिखो छुरा लुकाएर

कविता
तिखो छुरा लुकाएर
माया खोज्यो तिमीले,
मेरै बस्ति उजाड थियो
छायाँ खोज्यो तिमीले !

आफै जस्तो सम्झी मैले
दिएको थिएँ बास,
दिलमा छुरा प्रहार गरि
बनाइ हिंड्यो लास !!

हेर्दा मुर्ति जस्तै लाग्थ्यो
बोल्दा जस्तै बुद्ध,
कन्चन जस्तो लाग्थ्यो त्यो मन
गंगा जस्तै सुद्ध !

फूलको बस्त्र पहिरिएको
राकास रहिछौ तिमी,
जूनलाई ढाक्न बादल बोक्ने
आकास रहिछौ तिमी !!

जे-जे भयो ठिकै भयो
म नै दोषी थिएँ,
तिम्रो चाल थाहा नपाउनु
म नै बिहोशी थिएँ !!
…………तिम्रो चाल थाहा नपाउनु
म नै बिहोशी थिएँ ……….

राजेश रुम्बा लामा “अतृप्त’
२२-०७-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *