Skip to content

एकान्त त्यो सुनसानमा


एकान्त त्यो सुनसानमा, बग्ने यौटा खोली थियो
सँगै थिइन् मेरी प्रिय, उनको मिठो बोली थियो

सुस्तरी बोल्दै थिइन् अनि मनको कुरा खोल्दै थिइन्
भर्दै नभर्ने प्यासको ममा, गतिलो झोली थियो
सँगै थिइन् मेरी प्रिय, उनको मिठो बोली थियो

कुनै बेला हराएछु म, उनको त्यो बोलिभित्र
झर्के उनी थर्के म, उनको बोलिमा गोली थियो
सँगै थिइन् मेरी प्रिय, उनको मिठो बोली थियो

हराउनु नि ठिकै थियो, टाँस्दै उनि बोलेपछि
छोटो थियो उनको गुन्यो, छोटो नै पो चोली थियो
सँगै थिइन् मेरी प्रिय, उनको मिठो बोली थियो

म नै सारै रिसाई दिएँ, यौटै कुरा नामानिदिँदा
मैले बिन्ति गर्दा नि, उनको मुखमा भोली थियो
सँगै थिइन् मेरी प्रिय, उनको मिठो बोली थियो

राजेश रुम्बा लामा “अतृप्त”
३१-०७-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *