Skip to content

दुरी र दुखाई

मेरो अंतर्द्वंद ,
मेरो एक्लोपनमा
फेरी भित्रदैछन शिकारी …
म भित्र गुम्सिएको सुगन्ध खोस्न
मलाई खुम्च्याउन
हे मेरा निरोगी आफन्तहरु
ठिकै छ मलाई गिज्याउ
मेरो निरिहिता,क्षणिक
मेरो कमजोरी होइन
साएद मेरो दुर्भाग्य
म सहिदिन्छु सहर्ष
र पनि बिन्ति गर्छु
हाम्रो दुरी मेटाउ
म दुख्छु असाध्यै
आफन्त संगको दुरीमा ….

मैले सुनेको
पुर्खा हाम्रा सुगन्धित थिए रे
फैलिएका उनि सानले मर्न
चोइटाईदिएका रे ….
हामी पुर्खा भन्दा किन कमजोर?
एउटा गौरब को लागि
साएद म अझै निसुल्क
छटपटी रहनेछु
जन्मसिद्ध नियती
किनकि म मान्छे हु
स्वतन्त्र ,सामाजिक मान्छे
परिबन्दले बिछुडियेका
आफन्तको सम्झना मात्र
चन्द्र यात्रा हुन् सक्छ
त्यसैले स्वागतम … नया नेपालमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *