Skip to content

तिम्रो त्यो हिमाल झै…

चैतमासको खडेरीमा
सालघारीमा निमोनिया लाग्दा
पारीपट्टी न्याउली बिरहमा गाउँदै गर्दा
तिमीसंगै चौरीं र भेडाको बथान
उभोँ धपाउँदै हुनेछु म
पारी न्याउलीको भाखा
आफ्नो बाँसुरीमा खिप्दै
माथी भन्ज्याङ उक्लिदै गर्दा
भन्ज्याङका रुख विरुवाहरु
हाम्रा स्वागतमा आफ्ना
डालीहरु निहुर्‍याउँदै सर्माउदैहुनेछन्
माथी माथी बढ्दै जाँदा
थुम्का थुम्काका ढुङ्गाहरु
आफ्ना निर्जर काखमा हामीलाई
लडिबुडी खेल्न आह्वान गर्नेछन्
आफ्नो अदृश्य हातहरु फिजाँई
हामीलाई हल्का कणहरुको
चुम्बनले स्वागत गर्नेछन्
ती ढुङ्गाबाट निस्किएका
हरेक कणहरुले
हामीलाई चुम्बन गरिरहदाँ
हामी भावबिभोर हुनेछौ
अनि हर्षले समिप्यताको
चाहनामा चुर्लुम्म डुब्नेछौ
अनि हामी त्यहि थुम्काहरुमा
मायाका बीज रोप्नेछौ
हामी त्याहाँ एउटा बेग्लै
नौलो अनुभूति गर्नेछौ
यसो हुदाँ नजिकैबाट
ती हिमशिखरका चुचुराहरुको
आफ्नो मस्त यौवन
लाजले गलत्तै गल्नेछ
अनि सेताम्मे भएर रहेका
ती मोतिका दानाहरु
पग्लिएर नदि बन्नेछन्
अनि बन्नेछ “”हिमशिखा””
त्यहि नदीको झरनाको
चिसो चिसो
मन्द मन्द हावामा
कालो केशराशी सलल
फिजाउँदै गर्दा
तल फाँटका खेतहरु
लहरे दन्त देखाउँदै
मुसुक्क मुस्कुराउनेछन्
अनि म बाँसुरीको धुनमा
विलिन विलिन नै हुनेछु
मैले कहिले कुनै दिन
आफ्ना शब्दहरुमा
पोख्न नसकेका भावनाहरु
प्रेमिल गीतहरु
त्यहि बेला बाँसुरीको धुनमा
धित मरुञ्जेल पोख्नेछु
अनि त्यसबेला तिमी भन्नेछौ
‘-:मेरो राज बन्द गर यी धुनहरु
आउ मलाई आलिङ्गन गर
अनि जन्म जन्म यसरी नै
मलाई माय गर’
त्यतिखेर म भन्नेछु
..केहि मिठा मिठा बातहरु
केहि व्यक्त केहि अव्यक्त
मेरा कथाहरु
मेरा व्यथाहरु
जब पखालिनेछन मनका व्यथा
म खुल्नेछु बिहानको
हिमाल खुलेझै मस्तसंग
तिम्रो त्यो हिमाल झै
सुन्दर अनि कञ्चन सिउँदो
सजाउन त्यहि भन्ज्याङका
फूलपातीहरु बटुल्न दौडिनेछु
रङ्गीबिरङ्गी फूलहरुले तिमीलाई
म सजाउनेछु
जतिबेला तिम्रो आखाँहरु
खुसीले सजल हुनेछ
ती सजल नेत्रबाट खसेका
मोतीका दानाहरु परेलीमा
सजाउँदै हतार गर्नेछौ
मलाई आलङ्गिन गर्न बस….
….मलाई आफ्नो बनाउन /
>:राजेश रुम्बा लामा “अतृप्त”
३०-०८-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *