Skip to content

पश्चिमा प्रभाव

  • by
BikashGhimire-02


सोमनाथ जी, टोलकै ईज्जतदार अनि धनसम्पत्तिले सुसम्पन्न व्यक्ति थिए । सात पुस्तालाई पुग्ने सम्पत्ति उनले छोटो समयमै कमाए तर कसरी कमाए त्यसको खोजिनिति गर्ने वा चासो लिने कसैको आवश्यकता पनि त थिएन । देख्नमा एउटा किराना पसल मात्र । उनको काठमाडौँमा दुईवटा घर थियो, कुन कमाईले बनेको घर हो त्यो थाहाँ छैन । जे होस् उनले ईज्जत कमाएका थिए अनि टोल सुधार समितिको अध्यक्ष पनि उनलाई नै स्विकारेका थिए सबैले । एकजना दुःख पाएकी वेश्यालाई आफ्नै घरमा संरक्षण दिई न्याय पनि गरे उनले र सबैको नजरमा महान बने ।

खुब आदर्शका कुरा गर्थे, नारीको हकाधिकारको कुरा गरेर उनको मुख थाक्दैनथियो । सन्तानका नाममा दुईवटी छोरी थिए, ज्यादै सुन्दर । छोरीहरुलाई स्वतन्त्रता प्रदान गरेका थिए उनले र आधुनिकता अपनाउन प्रेरित पनि गर्दथे । पश्चिमा संस्कृतिबाट प्रभावित उनी छोरीहरुलाई पनि परिवर्तन हुन सुझाव दिन्थे ।

विलासी जीवनमा रम्ने सोमनाथ जी एकदिन आफ्नो इच्छा पुरा गर्नका निम्ति एउटा ठूलो होटल गए र कोठा बुक गरि एक्लै रक्सि पिउन थाले । फोनमा कसैसँग कुरा गर्दै आफ्नो कोठा नम्बर बताईरहेका थिए । केहिबेरपछि कसैले ढोका ढकढकाएको आवाज सुनेर उनी उत्तेजित अनि खुशी हुँदै ढोकातर्फ गए । छोटो उत्तेजक कपडा लगाएकी लगाएकी भर्खरकी केटीसँग आँखा जुध्दा दुवैजना झस्किए, सोमनाथ जी त्यही ढल्न पुगे । ती नवयौवना कामुक सुन्दरी उनकै छोरी थिई ।

बिकास घिमिरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *