Skip to content


प्यारो छ हामीलाई नेपालै, किन बन्नु र जापान
जनप्रिय छन् नेता हाम्रा, प्रधानमन्त्री छन् विद्वान
बनेन सडक चलेन गाडी, तिनलाई के को बात
सुखनि हुन्थ्यो, शान्तिनि हुन्थ्यो नभए विदेशी हात!

प्यारो छ हामीलाई नेपालै, किन बन्नु र रूस
छन् कर्मचारी जनसेवक सच्चा, हेर्नै नसक्ने घुस
मन्त्रीगणको क्षमतालाई को दिन सक्छ मात
धारानि चल्थ्यो, बिजुलीनि बल्थ्यो नभए विदेशी हात!

प्यारो छ हामीलाई नेपालै, किन बन्नु र कतार
दल-बीचबीच छ प्रेम विलक्षण, साझा छ सरकार
सभासद् सबै मिहिनेती भन्दैनन् काममा दिनरात
संविधाननि बन्थ्यो, सुरक्षानि हुन्थ्यो नभए विदेशी हात!

हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १२
पूर्णाङ्क २९६

Leave a Reply

Your email address will not be published. Required fields are marked *