Skip to content
JeevanPokhrel


देश भक्त हुँ म देशको रक्षा गरिरहन्छु
शत्रु आई लाग्यो भने म जाई लाग्ने गर्दछु ।
कमजोर नठान मलाई नेपाली वीर पो हुँ
देश रक्षा गर्न ज्यान दिन पनि तयार छु ।

नेपालीको अपमानको बदला
रगतले चुकाई दिन्छु ।
देश भक्त हुँ म रगतको
खोला बगाई दिन्छु ।

देशको बेज्जत हुन दिन्न म
पुर्खाहरूले रचेका नेपालको
बिदेशी आक्रमणबाट बचाउन
गर्दछु बिद्रोह आक्रमणकारीहरूको

देश भक्त हुँ म देशको
गद्दार नठान मलाई
नेपाल आमाको सु-पुत्र पो हुँ
गोर्खाली सिपाई भन्दछन् मलाई

देशको अरु शहिद जस्तै
म पनि शहिद हुनेछु ।
देशको रक्षा गर्दागर्दै मेरो
यो ज्यान सुम्पिदिनेछु ।

सुन्दर शान्त नेपालको
स्वच्छ छ ईतिहास
ईतिहासले नै प्रस्ट पार्दछ
नेपाली वीर स-पुत ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *