Skip to content

बाँच्ने रहर हुँदा हुँदै,निर्मोहीले मारी दियो

“गीत”
नखाएको बिष पनि,खाए सरी पारि दियो
बाँच्ने रहर हुँदा हुँदै,निर्मोहीले मारी दियो

कुन शब्दले पोखाउँ पिडा,भाछु पिरले लाछी सरि
भेल पछिको बगरमा,तड्पीने त्यो माछी सरि
सहन्थें दु:ख यो मुटुले,तिर हानेर झारी दियो
बाँच्ने रहर हुँदा हुँदै,निर्मोहीले मारी दियो

नखाएको बिष पनि,खाए सरी पारि दियो
बाँच्ने रहर हुँदा हुँदै,निर्मोहीले मारी दियो
………………….
कसको बिश्वाश भो र अब,आफ्नैले ठगे पछी
अन्तिम घडी न-आइपुग्दै,आर्यागाट लगे पछी
साथ् जुनी नबिर्सिने,पिरको मलाई भारि दियो
बाँच्ने रहर हुँदा हुँदै निर्मोहीले मारी दियो

नखाएको बिष पनि खाए,सरी पारि दियो
बाँच्ने रहर हुँदा हुँदै,निर्मोहीले मारी दियो
………बाँच्ने रहर हुँदा हुँदै,निर्मोहीले मारी दियो |

राजेश रुम्बा लामा “अतृप्त”
११-०१-२०१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *