Skip to content

नआऊ भो धर्केको मनको बाटोमा


नआऊ भो धर्केको मनको बाटोमा
आफैँदेखि तर्केको मनको बाटोमा

तिमीलाई मिल्ने छैन कुनै सान्त्वना
खुसी सारा फर्केको मनको बाटोमा

कहाँ हुन्थ्यो ओभानो खरको त्यो झुप्रो
झरी सार्है दर्केको मनको बाटोमा

नसोध्नू पापी माया कति दौडिरह्यो
किनारामा चर्केको मनको बाटोमा

भुले झैं लाग्यो तिम्ले पवित्र यो माया
सुनै पानी छर्केको मनको बाटोमा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *