पराईले सिउँदो भरी उस्को डोली चढ्दा तिमी
मलाई सम्झी के रुन्थ्यौ र ? सिँदुर आज भर्दा तिमी
मेरो आँसु तिम्रो लागि हजार खुशी मिल्छ भने
साँझ बिहान रुदै बस्छु बास आज सर्दा तिमी
कैयौ रात काट्दा सँगै बितेका ती यादहरू
मेटाई दिउँला एकै पलमा दोसाँधमा पर्दा तिमी
हजार थिए सपनाहरु भेट्न आउनु मर्ने बेला
उस्को सिन्दुर मेरो अस्तु दाँज्नु म जल्दा तिमी
जिन्दगीको सुरुवात सुहाँग तिमी मनाउदा
खुशी हुनु मेरो लाशमा टिला, लाभा छर्दा तिमी ।
भरतपुर -१३, गजलकुन्ज, चितवन