Skip to content

प्यारो ढुंखर्कमा

  • by


बेथानचोक डाँडामा हावा सरर
सधै प्यारो ढुंखर्कमा मनै हरर

     महाभारतको जंगल हेर्दा
     साह्रै सुन्दर राम्रो
     भुलु भुलु लाग्छ सधै
     हिउँले भरिएको गाउँ हाम्रो

बेथानचोक ………..
सधै प्यारो ढुंखर्कमा ………

     शिव गुफा स्वर्गजस्तो
     फूलैफूल छन् हजार
     पार्थलीमा मन रम्दै
     पुग्छौ गेल्डुङ बजार

बेथानचोक ………..
सधै प्यारो ढुंखर्कमा ………

     कहिले महांकालथान मन्दिर
     कहिले महादेव मुक्तेश्वर
     जहाँ जाऊ, जता जाऊ
     ढुंखर्ककै छ माया धेर
बेथानचोक ………..
सधै प्यारो ढुंखर्कमा ………

     डाँडाकाँडा चारैतिर
     बीचमा सुन्दर फाँट छ
     ढुंखर्कलाई सम्पन्न बनाउने
     हामी सबैको आँट छ

बेथानचोक ………..
सधै प्यारो ढुंखर्कमा ………

     गोर्खालीको बीरको गाथा
     इतिहासमा पढ्न सक्छौ
     लेकदेखि वेसीसम्म
     हामी सधै भुल्न सक्छौ
बेथानचोक ………..
सधै प्यारो ढुंखर्कमा ………

     जाऊ बोल्दे चोरण्डे, पाटनेखोला
     लप्सीबोट, बाह्रविसे दमार
     घुमौ, रमाऔ, शान्त होऔं
     बनेपा, पनौतीहुँदै ढुंखर्क पुगेर

बेथानचोक ………..
सधै प्यारो ढुंखर्कमा ………

     ढुंखर्कमा के छैन
     मनोरमताको पोको छ
     यही माटोमा जन्म्यौ, हुक्यौ
     ढुंखर्कमै मर्ने धोको छ

बेथानचोक ………..
सधै प्यारो ढुंखर्कमा ………

भीम गौतम
पत्रकार
ढुंखर्क–३, गोर्खालीगाउँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *