Skip to content


म माग्दिन तिमीसित
एउटा बादलको टुक्रा
म माग्दिन तिमीसीत
एउटा जलाम्य महासागर
म माग्दिन तिमीसित
एउटा पुरै महादेश

म माग्दिन तिमीसित
तिम्रो एउटै मुटु
म माग्दिन तिमीसित
तिम्रो एउटै स्वभीमान
म माग्दिन तिमीसित
तिम्रो एउटै लक्ष्य

तर बदलामा तिमी
मलाइ खुला आकाश हेर्न देऊ
जहाँबाट
म देखौँ सुन्दर संसार
धित मरुन्जेल पानी पिउन देऊ
जसबाट म गर्न सकौ
तृप्तिको अनुभूति

बरू उभिनको लागि
मलाई माटो देऊ
जहाँ उभिएर म बुझ्न सकौ
हरेक सवालहरूमा
देशप्रतिको दायित्व
म जान्न सकौ
मेरो आफ्नै कर्तव्यको खाका

अब
मलाई केही चाहिन्न
यति भए पुग्यो ।

बिबेक दुलाल क्षेत्री दमक
बास्तबिक नाम : भानुभक्त दुलाल
दमक, झापा
हाल : अबुधाबी, यू ए ई

Leave a Reply

Your email address will not be published. Required fields are marked *