Skip to content


४ माघ २०६८ को रात्रिबसबाट सर्लाही जिल्लाको सदरमुकाम मलंगवा जाने कार्यक्रम निश्चित गरेका थियौँ। सोहीबमोजिम म, बुहारी रीता शाह र नातिनी रीमा सन्ध्याकालीन पैदल यात्रा गर्दै तीनकुने पुग्यौँ। धूलधूसरति सडक नाप्दै त्यहाँ पुग्दा बेलुकीको ६ बजिसकेको थियो। चिसो सिरेटो चलिरहेको थियो। मेरो सामथ्र्य हुँदो हो त तीनकुनेदेखि तिलगंगासम्मको यस सडकलाई सेकुवा सडक नामकरण गरििदन्थेँ। किनभने, यस सडकमा सयौँ सेकुवा पसलले आफ्नो निरन्तर एवं निश्चित सेवा प्रदान गर्दै आएको सबूत प्रमाणपत्र पेस गर्नुपर्दैन। त्यहाँ पुग्दा लेखक नरेन्द्रराज पौडेलसँग एक्कासि भेट भयो। उहाँ कुनै आफन्तको बिहेभोजमा सामेल हुन जान लाग्नुभएको रहेछ। तीनकुनेमा एक घन्टासम्म रात्रिबस कुर्दा मनभरि धूलोसहितको चिसो सिरेटोको चटनी खाएँ। खल्लो लाग्यो। अन्ततः आधा घन्टापछि हाम्रो बस आइपुग्यो।

मलाई रात्रिबस पटक्कै मन पदैन। किनभने, रातभरि निद्रा लाग्दैन, निद्राको गोली खाएर पनि निद्रा नलाग्नु झन् उदेक लाग्नुजस्तो हुन्छ। म त रातभरकिो यात्रामा अर्धमृत हुन पुग्छु। त्यसै पनि पेसमेकर लगाएपछि उधारो जीवन बाँच्न अभिशप्त भएको छु। यसपालि पनि त्यसै भएर झन् गल्दै गएँ। बाटोमा खानाका लागि बस रोकियो। होटलमा हेर्न गएँ। आफू शाकाहारी भएको व्यथाले पिरोलियो। प्रहरी प्रशासनले होटल निरीक्षणको अभियान चलाएको छापामा पढेको थिएँ तर त्यहाँ होटलको खाना हेर्दा त बाटैमा छेरपाटी लाग्ने हो कि भन्ने भयले खाना नछोईकन बसमा चढेँ र मन मारेर घरबाट बुहारीले पकाएर ल्याएका दुईवटा परौँठा र तरकारीमा सन्तोष गरेँ।

रातभरि बसमा चिसोको चोटले व्यथित भएँ। बसको झ्यालमा पर्दा थिएन। अचेल रात्रिबसमा एक बोतल चिसोपानी र एक पुरिया चिप्स दिने गर्छन्। सर्वत्र चिसोमा चिसोपानी खान चित्त मानेन। दाँत दर्द भयो भने औषधी किन्न कहाँ जाने? अचेल दाँत दर्दले पनि मनभरि दुःख दिन थालेको छ। खैर, रातभरि चिसोको सिरेटोबाट सिकिस्त भएर भोलिपल्ट सबेरै मलंगवा पुगेँ। सकुशल पुगेकामा मन खुसी भएको थियो। बाटोमा बन्द, हडताल र चक्काजामको सामना गर्नुपरेन।

मलंगवामा ब्रह्मपुरी निवासी मेरा जेठानका छोरा कैलाशले हार्डवेयर पसल थापेर बसेका छन्। म उनैको शरणमा पुगेँ। म धेरैजसो मलंगवा जाँदा होटलमा बस्छु कि अतिथिगृहमा तर अहिले जिविसबाट सञ्चालित अतिथिगृह पनि अनाथालयमा अनुवादित भएको छ। मसँग परविार भएकाले कैलाशको परविारसँग बस्नका लागि पूर्वसूचना पनि सम्प्रेषित गरसिकेको थिएँ। म जानासाथ चिया खानको अनुरोध पनि अस्वीकार गर्दै ओछ्यानमा पल्टिन पुगेँ।

केहीबेरमा उठेर मैले कालो चिया खाँदा उनीहरूलाई आश्चर्य लाग्यो। दूधको छेलोखेलो भएको ठाउँमा कालो चिया खाने? जहाँको भए पनि मलाई दूधचियाले राम्रो गर्दैन। म चियापछि घाम ताप्न निस्केँ। त्यहाँ त काठमाडौँभन्दा पनि चिसो सिरेटो चलिराखेको थियो। बल्ल मधेसको शीतलहरीसित मुकाबला गर्न पुगेँ। यति चिसो लाग्यो कि ननुहाईकनै खाना खाएँ। तातोपानी भएर पनि लुगा फुकाउनुको गाह्रोले नुहाइनँ।

मेरो गृहगाउँबाट सचिव राजमंगल मण्डल र भतिजा रवीन्द्र शाह पूर्वसूचनानुसार आइपुगे। नागरकिताका लागि गाविस सचिवको सिफारसिसहित जिल्ला प्रशासन कार्यालयमा गएँ। प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया आफ्नो कार्यालयमा हुनुहुन्न थियो। उहाँ आफ्नो निवासस्थानबाट समाजसेवी रामबहादुर अमात्यसँग गफिँदै आउनुभयो। मैले भेटेर भनेँ, “म नातिनीको नागरकिता प्रमाणपत्रका लागि आएको हुँ।” उहाँलाई नागरकिता र राहदानी लिनेहरूको भीडले घेरिरखेको थियो। त्यसैले प्रमुख जिल्ला अधिकारीको कार्यालयको प्रांगणमा मज्जाको जमघट लागेको थियो। ‘म तपाईंलाई चिन्छु’ भन्दै उहाँ आधा घन्टाका लागि बाहिरनिुभयो। यसलाई मैले ठानेँ, मेरो काम बिनाकुनै बिघ्नबाधा सम्पन्न भयो। किनभने, दक्षिण एसियाली मुलुकहरूमा या त परचियका आधारमा काम हुन्छ या पैसाका आधारमा। नभन्दै उहाँ आधा घन्टाभित्रमा आफ्नो कार्यालय फर्केर आउनुभयो। मलाई लिएर आफ्नो कार्यालयको कोठामा प्रवेश गर्नुभयो। मलाई सोध्नुभयो, “तपाईँले सनाखत गर्नुपर्छ।” मैले भनेँ, “मेरी नातिनीको नागरकिताका लागि मैले सनाखत किन नगर्ने?” अनि, मेरी नातिनीले एक घन्टाभित्र नेपालको नागरकिता पाइन्, मलाई धेरै खुसी लाग्यो। मैले प्रजिअ थपलियालाई धन्यवाद दिएँ र नातिनीलाई बधाई।

मेरी नातिनी पेन्टागन कलेजमा ११ कक्षामा सबैभन्दा बढी अंक ल्याएर प्रथम स्थान प्राप्त गर्न सफल भएकी हुन् तर नागरकिता प्रमाणपत्रमा आफ्नो गृहगाउँ सिसौटियाको ठेगाना लेखिएकाले रुन थालिन्। उनी गाउँले जीवनसित परििचत नभएकाले गाउँले वातावरण पनि मन पराइनन्। उनी गाउँको ठेगानाले परििचत हुन नचाहेकाले मलाई खल्लो लाग्नु स्वाभाविक थियो। मैलेचाहिँ बसाइँसराइ गरेको छैन, अहिलेसम्म। मेरो एक जना उपबुजु्रक साहित्यिक साथीले त पाँच वर्षअघि नै मेरो किताबको समीक्षा गर्दै मैले बसाइँसराइ गरेको भनेर पत्रिकामा नामांकित गरििदए।

मेरी बुहारी र नातिनी वीरगन्ज जाने सुरसारमा थिए किनभने बुहारीको माइतीघर वीरगन्ज हो। उनीहरू गृहगाउँ जानका लागि मनले तम्तयार थिएनन् तर वीरगन्जको बस उपलब्ध नभएकाले बल्ल गृहगाउँ जानका लागि तयार भए। अब गृहगाउँ जाने कसरी? समस्या भयो। किनभने, मलंगवाबाट मेरो गाउँ तीन कोस टाढा छ। मेरो भतिज मोटरबाइकमा आएकाले उनीहरूलाई मोटरबाइकमा पठाइदिएँ। र, मचाहिँ मलंगवाबाट गोडैता जाने बसका लागि बसपार्कतिर लम्केँ। बस त थियो तर सिट खाली थिएनन्। गाविस सचिवको सिफारसिमा बोनटमा बस्ने व्यवस्था मिलाइयो। बसयात्राको आहतबाट राहत पाइयो। सचिव पनि साथमा भएकाले सन्तोष लाग्यो।

हामी हुलाकी सडकबाट अघि बढ्न थाल्यौँ। यो हुलाकी सडकका बारेमा पटक-पटक राजनीतिक वृत्तमा हल्लाखल्ला भएको धेरै भइसक्यो तर यसको सुधार एवं उद्धार अहिलेसम्म भएकै रहेनछ। मैले थाहा पाएदेखि यसको हविगत हेर्दै हैरान भएको छु। यसपालिको राजनीतिक सम्झौतामा पनि हुलाकी सडकका बारेमा निर्णय भएको छ तर यसको निर्माण कहिले हुने हो, थाहा छैन। तर, बस पनि हिउँद र गर्मी मौसममा मात्र चल्छ। वर्षा ऋतुमा गोडैत बजार र मलंगवाको बीचमा लखनदेई नदीमा पुल निर्माण नभएकाले बससेवा बन्द हुन्छ।

पोहर साल तीन करोडको बजेट निकासा भएको थियो तर यो बजेट तत्कालीन प्रमुख जिल्ला अधिकारी र स्थानीय नेताहरूले सजिलैसित हजम गरहिाले भन्नुहुन्छ सहयात्री विन्देश्वरीप्रसाद सिंह। उहाँचाहिँ सहकारी उपनिर्देशकको पदबाट सेवानिवृत्त भएको व्यक्ति हुनुहुन्छ। उहाँले मलाई जिल्लाका बारेमा धेरै जानकारी दिनुभयो। लाजमर्दो कुरो त के छ भने अहिले लखनदेईको त्यो पुल इसाई धर्मावलम्बीहरूको आर्थिक सहयोगमा निर्माण हुन लागेको छ, जसको हेड अफिस मेरो गृहगाउँ सिसौटियामा छ। मलाई यो कुरा सुनेर आत्मग्लानिको अनुभव हुन थाल्छ र सर्लाही जिल्लाका नेताहरूप्रति क्षोभ पनि। म पटक-पटक ती नेताहरूलाई के भन्छु भने मेरा लागि तपाईंहरू केही नगर्नूस् तर जिल्लाको विकासका लागि केही गर्नूस्। तर, उनीहरू एक कानले सुन्छन् र अर्को कानले उडाइदिन्छन्। यस्तो विकासको बकम्फुसे कुरो सुन्न कहाँ फुर्सद उनीहरूलाई ! गोडैतस्थित स्कुलमा मैले पढेको छु र पढाएको पनि तर अहिले मसँग स्कुलमा जाने समय छैन।

भोक लागेकाले एउटा पसलमा गएर म र सचिव दुवै जना चिनी मिसाएको दहीचिउरा खान्छौँ। यत्तिकैमा विजयकुमार शाह एउटा मोटरबाइकमा देखा पर्नुहुन्छ। उहाँ रामवन हाइस्कुलमा विज्ञानको शिक्षक हुनुहुन्छ। म आफ्नो ब्रिफकेस लिएर उहाँको बाइकमा बसेर आफ्नो गृहगाउँ पुग्दा झमक्कै साँझ परसिकेको थियो। गाउँका बारेमा विशेष जानकारी उहाँसित भयो। उहाँसँग गृहगाउँमा सञ्चालित मेरी आमाको नाउँमा स्थापित पार्वती स्मृति पुरस्कार, पार्वती पुस्तकालय तथा पार्वती विद्यालयका बारेमा विस्तृत जानकारी लिन्छु। गृहगाउँमा रहेको घरमा सँगै चिया खाएर उहाँलाई बिदा गर्छु। उहाँ त्यस पुस्तकालयका पुस्तक पढ्न अभिरुचि राख्ने एक्लो व्यक्तित्व हुनुहँदो रहेछ।

गत वर्ष पार्वती स्मृति पुरस्कार वितरण समारोहमा उहाँले नै उद्घोषकको भूमिका निर्वाह गर्नुभएको थियो। अवसर थियो, महिला दिवसको। पुरस्कार प्राप्तकर्ता हुनुहुन्थ्यो, अवकाशप्राप्त प्रधानाध्यापक कृष्ण देवलाल कर्ण। उहाँलाई मैथिली भाषाको अभिवृद्धिमा योगदान पुर्‍याएकाले सो पुरस्कार प्रदान गरिएको थियो। मेरी प्रातःस्मरणीय माता पार्वतीको स्मृतिमा स्थापित यो पुरस्कार क्रमशः मैथिली र हिन्दी भाषाको अभिवृद्धिमा योगदान पुर्‍याउनेलाई एक-एक वर्षको फरकमा प्रदान गरिँदै आएको परम्परा छ। सन् २००४ देखि निरन्तर र नियमित रूपमा यो पुरस्कार प्रदान गरिँदै आएको छ। यसपालिको पुरस्कार हिन्दी भाषा साहित्यमा योगदान पुर्‍याएबापत साहित्यकार र राजनीतिज्ञ रामहरि जोशीलाई प्रदान गर्ने निर्णय गरिएको हो।

मेरो गृहगाउँ सिसौटियाको स्मरण मलाई सपनामा पनि भइराखेको हुन्छ। अमेरिका भ्रमणमा हुँदा पनि म सपनामा गाउँ भ्रमण गरिरखेको हुन्छु। मेरो गृहगाउँमा एउटा हाइस्कुल, एउटा माध्यमिक विद्यालय, तीनवटा प्राथमिक विद्यालय सञ्चालित छन्। एउटा स्वास्थ्य उपचार केन्द्र पनि प्राथमिक उपचारका लागि सञ्चालित छ। चारवटा पोखरी, तीनवटा मठमन्दिर छन्। मेरै गाउँका रतन झा गैरआवासीय नेपालीहरूको अन्तर्राष्ट्रिय संस्था एनआरएनका महासचिव थिए। उनले अमेरिकामा बस्ने केही साथी र स्थानीय व्यक्तिहरूको सहयोगमा हनुमान मन्दिरको निर्माण गराएका छन्।

यस गाउँका आठ जना अमेरिकामा कार्यरत छन्। दुःखको कुरो के छ भने स्थानीय स्नातकहरू बेरोजगार छन् तर भुटानी शरणार्थीहरू यहाँको अंग्रेजी माध्यमबाट पढाउने स्कुलमा भर्ना भएका छन्। राम्रा स्कुलहरूले राहत कोटा पाइराखेका छैनन् तर झोले स्कुलहरूले राहत कोटामा शिक्षकलाई भर्ना गरिरखेका छन्। यसमा राजनीतिक कार्यकर्ताको दादागिरी चलेको दशकौँ भइसक्यो। जिशिअहरू धमाधम सरुवा भइराखेका छन् तर धनी भएर।

सबैभन्दा बढी भ्रष्टाचारको तापक्रम शिक्षा क्षेत्रमा बढिराखेका छ। जिल्लाका नेताहरूलाई शैक्षिक विकासमा अभिरुचि छैन। कुनै पनि विकासको काम जिल्लामा भएको प्रमाण पाइँदैन। शैक्षिक मात्र होइन, सामाजिक विकासमा पनि अभिरुचि देखिँदैन। यिनीहरूको ध्यान जिल्लाका लागि छुट्याइएको बजेट पचाउनेमा केन्द्रित देखिन्छ। जिविसको बजेट त स्थानीय नेताहरूको व्यक्तिगत विकासका लागि छुट्याइएको जस्तो हुनपुगेको छ। पिछडिएको समुदाय उत्थान विकासको बजेट केन्द्रमा बसेर कपडा पसल थापेर बस्नेका लागि निर्धारति गरिएको हो जस्तो लाग्छ। उनीहरूको पनि बाध्यता न हो ! राजनीति पनि खेती भएको छ। राजनीति सेवा होइन, व्यवसाय र पेसा भएको छ।

स्थानीय नेताहरू आफ्ना केन्द्रीय नेताहरूलाई दुई-दुई क्विन्टलको पुष्पमाला समर्पित गरेर मालामाल भइराखेका छन्। जिल्लाको गाउँगाउँमा बन्दुक र बारुदका पसल सञ्चालित छन्। विरोधमा बोल्नेहरूको बोली कुन बेला मन्द गरििदने हो थाहा छैन। स्थानीय प्रशासन र केन्द्रीय नेताहरूको इसारामा जे पनि हुनसक्ने स्थितिको सिर्जना भएको छ। मेरो गृहगाउँमा एक दशकदेखि पुस्तकालय सञ्चालित छ। तर, पढ्नेहरूको संख्या अहिलेसम्म १० पनि पुगेको छैन। सबैभन्दा सोचनीय स्थिति त के छ भने स्थानीय स्नातकहरूमा पनि पढ्ने बानी बसेको छैन। अध्ययन संस्कृतिको अभावले मेरो जिल्लालाई धेरै खतरनाक स्थितितिर संकेत गरिराखेको छ ।

नेपाल साप्ताहिक ४८५

Leave a Reply

Your email address will not be published. Required fields are marked *