Skip to content

मेरै देशमा जन्मे बुद्ध


मेरै देशमा जन्मे बुद्ध, सत्य कहीँ लुक्छ र ?
कराउँदैमा काग यहाँ, पिना कहीँ सुक्छ र ?

धन्को बर्कत् देखाउँदै, झुट्को खेती गरी हिँड्छन्
चिच्याउँदैमा सुक्या घोक्रो, त्यसै कहाँ फुक्छ र ?

हाम्रो ईज्जत् हाम्रो सान्, बुद्ध अनि सगरमाथा
गर्व गर्छौं यसै माथि, लाजले शिर झुक्छ र ?

छैन क्यारे चेतना, हाम्रा नेता भनाउँदामा
लुट्दा आफ्नै गौरव पनि, मुटु किन दुख्छ र ?

अग्रगामी सोच राखी, राष्ट्रियता ख्याल गर्दै
विद्रोहमा उठ्ने कदम्, अब कहाँ रुक्छ र ?

बिना तामाङ ‘सुनगाभा’

3 thoughts on “मेरै देशमा जन्मे बुद्ध”

    1. अतिथि

      baburam ji tnx..
      धन्यवाद हजुरलाई सुन्दर प्रतिकृयाको लागि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *