Skip to content

आज तिम्रो धेरै याद आयो !!!!!!


आज तिम्रो धेरै याद आयो !!!!!
******************************
शरद को आगमन संगै ,
रुखपात हरुले जब रंग फेर्दै …..पहेँलो ..रातो …!!
डाँडै भरी, पाखै भरी ,
लाग्छ , प्रकृति ले पनी यही रंग मन परायो …!!
…..त्यसैले आज मलाई तिम्रो धेरै याद आयो ..!!!

शिरमा सेता शिखर हरु बोकेर ,
पाखा र फेदी अनि भंज्यांग हरु मा,
पहेँलै, रातै रंग हरु दलेर ,
मंद गतिमा कलकल गर्दै जब खोल्छा र खोला हरु ले गीत गायो ….!!
…..मलाई तिम्रो धेरै याद आयो …!!!

स्वच्छ बतास , नील गगन संगै ,
गौथली को बथान आकाश मा कावा खाँदै ,
घरी माथी घरी तल , यता उती ,
लाग्छ , गौथलीले पनि यही मौशम मन परायो ,
….. त्यसैले मलाई तिम्रो याद आयो …!!!

शरद ऋतु को वन भित्र , पात हरुको स्वरांग- स्वरांग संगै ,
सुसेल्दै ,गाउँदै, रमाउँने ..
मान्छे अनि पशुपंछी हरु ,
लाग्छ सवैले यही याम मन परायो ,
…… त्यसैले मलाई तिम्रो याद आयो….!!!

मधुरो घामको न्यानो राप संगै ,
रंग फेर्दै गरेको फुल-बुट्टे चउरै भरी , लम तन्न उत्तानो सुतेर,
आकाश र सेतो बादल संग भुल्ने हरुले ,
शायद यही ऋतु मन परायो !!!
…….त्यसैले मलाई आज ….तिम्रो धेरै धेरै याद आयो… !!!!!

..जे.बी. शेर्पा
एंट्वेर्प , बेल्जियम !

7 thoughts on “आज तिम्रो धेरै याद आयो !!!!!!”

  1. “सरल शब्दहरु रहेको
    “सरल शब्दहरु रहेको ….
    प्रकृतिका रङले रङिएको
    तपाईंका यि पङ्ती पढ्दा
    छुटेको कता हो कता …..
    मलाई नि आज…… उसको याद आयो ।” -प्रीति

  2. देशको याद आ‌ हो कि
    देशको याद आ‌ हो कि प्रेमिकाको? दुईटै अर्थ लिन सकिने रहेछ। फटट लेख्नुभएको छ; राम्रो।
    –कुमार

  3. जुन प्रसँगमा लेखिएको भएपनी
    जुन प्रसँगमा लेखिएको भएपनी प्रितीलाई जस्तै मलाई पनि मन पर्‍यो। एस्को भर्पूर आनन्द लिए। मलाई पनि उनको धेरै सम्झना आयो। धन्यवाद एसको लागि।

  4. प्रीति जी , कुमार जी र
    प्रीति जी , कुमार जी र akshya…..? जी लाई धन्य वाद !!!
    कमेन्ट लेखी हौसला दिनु हुने हरुलाई धन्यवाद !!!

    — प्रकृति आफै मा एक सुंदर सृजना हुंदा हुँदै पनी ऋतू हरु को बिभिन्न रंगमा त यो झनै सुंदर लाग्दो रहेछ जसले मान्छे मा प्रेम को चाहाना वा सम्झना अझ बढ़ी गराउदो रहेछ, बिशेष गरि शिशिर र बसंत ऋतू हरु मा जुनबेला प्रकृति आफै पनी मादक बनेर कसैको प्रेम को प्रतिक्षा मा कुरीरहेको भान हुन्छ ! हुनत प्रकृति प्रेम पनी प्रेमनै हो जसले मान्छे लाइ आनंद र खुशी दिन्छ तर मनोरम प्रकृति को अंगालो मा प्रेमी प्रेमिका को प्रेम अनुभव गर्नु अर्को शुखद अनुभूति हुँदो रहेछ , यसै लाइ मैले कविता रूपी हरफ हरु मा उतार्न खोजेको मात्र हूँ !!
    धन्यवाद !

    — जे .बी . शेर्पा

  5. kabita dhary ramro chha malai
    kabita dhary ramro chha malai sary man paro tapalai jasti malai pani unko yaad aairachha
    kishwor jwala

  6. ramro 6
    jindakima bitaye ka

    ramro 6
    jindakima bitaye ka pal yaad aaunu ramro ho tapaile yo rachara lekhera kata kata malai mero biteka din ko yaad aayo thanks.yaad ma ramaunu pani chhuttai majja hudo rahe6.desh bahira rahera desh ko samjhana garnu bhayeko rahe6 ramro lagyo jaha hami puge pani hara ti sabai asal chuij hara bhulna kaha sakin6ra haina ta j.b ji.
    [email protected]
    009607661515

    1. धन्यवाद नवीन ब्रो , सुन्दर
      धन्यवाद नवीन ब्रो , सुन्दर कमेन्ट को लागि

Leave a Reply

Your email address will not be published. Required fields are marked *