Skip to content

नचिनेको मान्छेप्रतिको अड्कलबाजी

  • by


मनमा आउन सक्छ
नचिनेका मान्छेप्रतिको अड्कलबाजी
कोही मान्छे दयालु होलान्
कोही मान्छे रिसालु होलान्
कसैको नाम कालु होला
कसैको काम चालु होला
पहिले पहिले कोही नरम होलान्
पछि पछि आफैँ लडेर खतम होलान्
कुनै मान्छेको जिन्दगीको आफ्नै गान होला
कसैको रक्सी भट्टी धाम होला
कोही रातदिन काममा जुट्लान
कोही काम नगरी जोइलाई चुट्लान
कोही सभ्य होलान्, कोही असभ्य होलान्
कोही-कोही सिधासादा सेता होलान्
कोही चतुर ठग नेता होलान्
कसैको श्रम एक नम्बरी सुन होला
कसैको लुट भ्रस्ट्रचारको दुई नम्बरी सुन होला
कसैको मनमा देशको चिन्ता होला
कसैको मनमा बिदेश घुमेको रमिता होला
कोही-कोही जापन, कोरियामा होला
कोही युरोप, यु यस मा होला
कोही अरब खाडिमा होला
कोही-कोही घरमै डढेको होला, कोही बाउको पैसाले बढेको होला
कोही शहरमा रमाएको होला
कोही-कोही गाऊमा एक पेट खाएर चलमलाएको होला
कसैको चिल्लो गाडी होला, कसैको फाटेको साडी होला
कसैको भाई अझै नभेटिएको होला, कसैकी छोरी अपहरणमा परेकी होली
कसैको खुट्टो नहोला, कसैको आँखा नहोला
कसैको शरीरमा गोली होला, कोही-कोही हाकिमको काम गर्ने शैली भोलि होला
कोही-कोही अधेरोमा बसेको होलान्, कोही पजेरोमा कुदेका होलान्
कोही हेपिएका होलान्, कोही-कोही दलालबाट बेचिएका होलान्
कोही चुरेको होला, कोही कचनाकलनको होला
कोही चाँदनी दोधाराको होला, कोही दोरम्बाको होला
कोही बाराको होला, कोही खाराको होला
कोही-कोही सागा भञ्ज्याङको होला, कोही माने भञ्ज्याङको होला
कोही-कोही दमकको होला, कोही दमौलीको होला
मनमा आउन सक्छ
नचिनेका मान्छेप्रतिको अड्कलबाजी
कोही मान्छे रिसालु हुन्छन्
कोही मान्छे दयालु हुन्छन् ।

अस्तु;
बिबेक दुलाल क्षेत्री दमक
बास्तबिक नाम:भानु भक्त दुलाल
दमक, झापा
हाल:यु ए ई

Leave a Reply

Your email address will not be published. Required fields are marked *