Skip to content

तीन मुक्तक (हतारैमा लाको माया, तिमीले आँखा झिम्काउँदा, समुद्रमा ऊर्ली आउने)


(१)
हतारैमा लाको माया गल्ती हुँदोरैछ ।
सामान किन्ने पैसा जस्तै चल्ती हुँदोरैछ ।
हाती आयो हात्ती आयो फुसा भनेझैं,
यस्तो माया लाउँदा रित्तो खल्ती हुँदोरैछ ।

(२)
तिमीले आँखा झिम्काउँदा कम्पन भयो मनमा ।
तिमीलाई पाउने मृगतष्णा मेरो रह्यो मनमा ।
मायालु तिम्रा हकर्तले झनै नजिक गरायौं,
बिस्तारै बिस्तारै तिम्रो तस्बिर गयो मनमा ।

(३)
समुद्रमा ऊर्ली आउने छाल भयो जीवन ।
कछुवाको हिडाई जस्तो चाल भयो जीवन ।
सबैलाई पराई गराई तिम्रो भर पर्दा आज,
यता न उता भएँ बेहाल भयो जीवन ।

…….. दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *