बाहिरी आँखाले नदेखे पनि, भित्री आँखाले देख्न सक्छौ
मेरा यी दुई आँखाले, तिमीले संसार हेर्न सक्छौ ।।
जस्तो सुकै परिस्थितिमा, तिमीलाई म साथ दिन्छु
पाईला चाल्ने कोसिस् गर, साहारा स्वरुप हात दिन्छु ।
हिम्मत गरे तिमीले पनि, आफूलाई फेर्न सक्छौ
मेरा यी दुई आँखाले, तिमीले संसार हेर्न सक्छौ ।।
बिश्वास छैन यहाँ कसैको, सबैले आफ्नो मात्र हेर्छन्
हुँदा खेरी नङ र मासु, नहुँदामा चित्त फेर्छन् ।
शंका लागे तिमीलाई यदि, मलाई पनि केर्न सक्छौ
मेरा यी दुई आँखाले, तिमीले संसार हेर्न सक्छौ ।।
बाहिरी आँखाले नदेखे पनि, भित्री आँखाले देख्न सक्छौ
मेरा यी दुई आँखाले, तिमीले संसार हेर्न सक्छौ ।।
पुस्कल पौडेल (–––प्रतिक)