Skip to content

तीर बन्यो तिम्रो हाँसो

  • by


तीर बन्यो तिम्रो हाँसो उपहास किन गर्यौ
मेरो चर्चा नाना भाँती बकबास किन गर्यौ ।

मेरै नाम बेची तिम्ले इज्जतको ताज पायौ
बदनाम आज मेरै नामको खासाखास किन गर्यौ ।

जोरी पारी जुटाएर कचहरी भयो पँधेरामा
इज्जतमा दाग लगाई सत्यनास किन गर्यौ ।

कानुनको दायरामा आउ भन्दा नमानेरै
सत्य छोप्न भागी भागी गुप्तबास किन गर्यौ ।

तिर्थ”यात्री”पौडेल
बहराइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *