Skip to content

एकान्तमा तिम्रो साथमा रमाएको याद आयो

  • by


एकान्तमा तिम्रो साथमा रमाएको याद आयो
मेरै हौ नि भन्दै हात समाएको याद आयो ।।

टोलाएर बस्दा तिमी आँखा अघि नाचिदिन्थेँ
कुनै साँझ रातो गुलाव थमाएको याद आयो ।।

पर्खाएर तिमीलाई ढिला गर्दा कुनै दिन
बढ्दा धड्कन तिमीले छती छमाएको याद आयो ।।

प्रत्येक पल्ट मुस्काएरै माया गर्छु भन्थ्यौ तिमी
भुली संसार आसन एकै जमाएको याद आयो ।।

आँखा चिम्ली माया गर्दा मुटु दुख्यो सृजनाको
आखिर नाम धोकेवादी कमाएको याद आयो ।।

सृजना न्यौपाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *