Skip to content


चपला अबलाहरु एक् सुरमा,
गुनकेसरिको फुल ली शिरमा ।
हिडन्या सखि लीकन ओरिपरी ।
अमरावति कान्तिपुरी नगरी ।।

यति छन् भनि गन्नु काहाँ धनि ञाँ,
खुसि छन् बहुतै मनमा दुनिञाँ,
जनकी यसरी सुखकी सगरी,
अलकापुरि कान्तिपुरी नगरी ।।

कहिँ भोट – र लण्डन – चीन – सरी,
कहिँ काल्-भरि गल्लि छ दिल्ली-सरी ।
लखनौं – पटना – मदरास – सरी
अलकापुरि कान्तिपुरी नगरी ।।

तरबार कटार खुँडा खुकुरी,
पिसतोल र बन्दुक सम्म भिरी ।
अतिशूर – र – वीर – भरी नगरी,
छ त कुन्- सरि कान्तिपुरी नगरी ।।

रिस राग कपट् छल छैन जाँहाँ,
तव धर्म कती छ कती छ याहाँ,
पशुका पति छन् रखबारि गरी,
शिवकी पुरि कान्तिपुरी नगरी ।।

1 thought on “कान्तिपुरी नगरी”

  1. भानुभक्तले जमानामा त्यति
    भानुभक्तले जमानामा त्यति राम्रो देख्या रैछन् कान्तिपुरलाई। बिचरालाई के थहा, अहिले यस्तो हुन्छ भनेर!

Leave a Reply

Your email address will not be published. Required fields are marked *