Skip to content


हाँस्नु साथी धेरै धेरै दुःख हटोस् पर पर
नाँच्नु साथी धेरै धेरै खुसी आओस् वर वर ।।१।।

शितल छाओस् वसन्तको बहार सधैँभरि
बाँच्नु साथी धेरै धेरै सुख छाओस् वर पर ।।२।।

भाग्य आफ्नो आफैँ बन्छ कर्म गर्नु धेरै धेरै
आँट्नु साथी धेरै धेरै भाग्य चम्कोस् टलटल ।।३।।

राम्रो काम कृति राख्न गर्दै जानु समाजमा
राख्नु साथी धेरै धेरै नाम आओस् हरपल ।।४।।

के लानु छ कति र छाडेर जानु छ बुझी
सेवा गर्नु साथी धेरै धेरै नाम रहोस् परपर ।।५।।

दिन खै म के सक्छु र हिरा मोती छैन साथमा
फलोस् फुलोस् जीवन जन्मदिनको शुभकामना ।।६।।

1 thought on “जन्मदिनको शुभकामना”

  1. जन्मदिनको शुभकामना
    जन्मदिनको शुभकामना
    आँखा खोल्दा कर्म गर्दा सदा सफलताले स्वागत गरोस्
    पाइला सार्दा शिखर चढ्न उमंग उत्साहाले पाउ चुमोस् ।।१।।
    निराशा र कुण्ठाहरु भागून् है सम्पूर्ण टाढा टाढा कतै
    विश्वास, आँट र साहासहरु सँधै सँधै सहयात्री बनोस् ।।२।।
    बाटामा छिर्केनी मार्नेहरु होलान् नहोस् है कति नि पिडा
    घृणा इर्ष्या र रागहरुसँग जम्काभेट जुनी भरी नै नहोस् ।।३।।
    दिर्घायुको श्वास फेर्नुस् हरेक धड्कनमा रमाएर हरपल
    हरेक श्वासमा गर्छु कामना सु-स्वास्थ र दिर्घायु थपियोस्।।४।।
    सधैं अगाडी बढ्दै जानु भरेर खुसी मेरो शुभकामना
    अझ मिठास आज जन्मदिनमा खुशी अपार छाइरहोस् ।।५।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *