Skip to content

सुबर्णमानको सिर्जना


सुबर्णमानले १२ बर्षको उमेरदेखि काठमा कला भर्ना शुरु गरेको हो । २७ बर्षको हुदा सम्ममा उसले पाटनमा राम्रो कलिगढ़को रुपमा आफ्नो परिचय बनाइसकेको छ । केवल आफूले सोचेको विवरण उसलाई भन्न सक्नु पर्छ हाम्रो कल्पनालाई काठमा हुबहु उतार्न सक्छ सुबर्णमान । बिहानदेखि बेलुकासम्म ऊ काठ कुद्नमा ब्यस्त हुन्छ । उसले आफ्नो कामलाई बाध्यताभन्दा रहर र सोखको रुपमा लिदा ऊ त्यसमै तल्लिन हुन्छ । केवल पाटनको मन्दिरका टुडालमा मात्रै हैन उसको सिर्जना काठमान्डौ भक्तपुरसम्म फैलिएको छ । बिवाह पश्चात उसको आर्थिक उन्नति आकाशिएको छ । सबै उसले बिवाह गरेकी कृष्ण माया उसको लागि साच्चिकै लक्ष्मी को रुपमा आएको भन्छन । हुन पनि उसले विवाहको एक बर्षमै आर्थिक रुपमा ठुलो फड्को मारेको छ ।

बिहानदेखि बेलुकासम्म काममा व्यस्त श्रीमानका लागि ऊ दिनभरी खुसी पार्ने अनेकन उपाय निकाल्छे । मिठा मिठा खाने कुरा पकाउछे । पाक्न नपाई तातोमै श्रीमानलाई खुवाउन खाना लिएर दौडिन्छे । सबैले दुइको प्रेम को तारिफ गर्छन ।

कृष्णमाया हर ढंगले श्रीमानलाई खुसी र सुखी राख्न चाहन्छे । श्रीमान थाकेर आउदा ऊ आफूलाई सुन्दर मात्रै हैन आकर्षक देखाउन कत्ति पनि अल्छी गर्दिन । हुनपनि ऊ सुन्दर छे शरीर मिलेको अनि उज्याली देखिन्छे । बिवाह पछी बिवाहिताको सिंगारले झन् सुन माथि सुगन्ध थपेको छ। सबैले बिवाह पछी उसमा एउटा अनौठो तेज थपिएको भन्छन ।

तर कृष्णमाया स्वयं भने श्रीमान आफूसंग आकर्षित नभएको अनुभव गर्छे । दिनभरी काम गर्ने श्रीमान थाकेर आफूसंग पुरुष व्यवहार गर्दैनन् भनेर आफैलाई सान्त्वना दिन्थी । उसले श्रीमानका लागि बात्सायनको पुस्तक पुरै कण्ठस्थ पारेकी थिई । श्रीमानको प्रवेश संगै ऊ प्रत्येक दिन रतिको रुपमा आफूलाई प्रस्तुत गर्दै सुबर्णमानमा कामदेव भित्र्यौना हर सम्भव प्रयास गर्थी । सुबर्णमान पनि कृष्णमायालाई रति को रुपमा पाउदा एकोहोरो हेरिबस्थ्यो । उसका हेरेक हाउ भाउलाई नियाल्थ्यो तर स्वयं काम देव को रुपमा आफूलाई प्रकट गर्दैनथ्यो । कृष्णमाया भित्र भित्र पिल्सिन्थी । उसलाई लाग्थ्यो उसको यौवनले सुबर्णमानलाई कत्ति पनि आकर्षित गर्दैन आखिर ममा के कमि छ ? ऊ आफै फत्फताउथी उसले मेरा प्रत्येक प्रयासलाई गम्भीरता पुर्वक हेर्छ कामबाट घर आउँदा प्रवेशद्वार बाटै “कृष्ण” भन्दै खोज्छ अँगालोमा हाल्छ । शायद स्नेह नहुदो हो त त्यो पनि नगर्नु पर्ने । उसले हिम्मत हारेकी थिइन । एकदिन सुबर्णमानमा कामदेव भित्र्याएरै छाड्ने र उसलाईलाई पिता बनाएरै छाड्ने सोचेकी थिई उसले ।

सुबर्णमानले आफ्नो व्यस्ततालाई कायम राखेको थियो । पाटन औद्योगिक क्षेत्रमा हुन लागेको प्रतिस्पर्धामा आफ्नो सिर्जना जित्नेमा ऊ ढुक्क थियो । कृष्णमाया पनि उत्साहित थिई । अन्तिम प्रतिस्पर्धाबाट सुबर्णमान बिजेता घोसित भयो । उसले आज उत्कृस्ट युवा कालिगढ़को पुरस्कार हात पारेको छ । अनि उसले काठमा कुदेका उसका सिर्जना हरु सबै भन्दा महंगोमा बिक्रि हुदैछ । काठमान्डूमा बन्न लागेको एउटा ठुलो मन्दिरको टुडालका लागि त्यो खरिद गरिएको हो । कृष्णमाया सारै खुसी छे पतिको उपलब्धिमा ।

प्रदर्शनीमा राखिएका सिर्जनाहरु हेर्ने क्रममा कृष्णमाया आफ्नो पतिको कलिगढ़ी हेर्न पुग्छे । सबै सुबर्णमानको सिर्जनाको तारिफ गरिरहेका हुन्छन । ऊ ध्यान दिएर हेर्छे, उसलाई श्रीमानको सिर्जना अश्लिल जस्ता लाग्छन । ऊ एक एक गरेर सबैलाई नियालेर हेर्छे । पछाडिबाट कसैले भन्छ “ओहो बात्सायनले भनेको रति को बेजोड नमुना कस्तो राम्रो कलिगढ़ी ।”

हुन पनि अनुपम नमुना थियो त्यो । कृष्ण मायाले बल्ल थाहा पाउछे त्यो रातिका प्रत्येक आशनलाई सुबर्णमानले कृष्ण मायाबाट उतारेको हो । एकातिर श्रीमानको सिर्जनामा उसलाई गर्ब लाग्छा अनि संग संगै पतिप्रतिको आफ्नो समर्पणलाई सुबर्णमानले अश्लिल बनाएर सार्वजनिक गरेको अनि बजारमा बेच्न राखेकोमा सारै रिस उठ्छ । मनमनै सिर्जकहरु अश्लिल देख्छे अनि श्रीमान श्रीमतीको बन्द कोठाभित्रको क्रिया कलापलाई सार्वजनिक गर्ने अपराधी । उसले जे गरेकी थिइ आफ्नो पतिको खुसी र सुखका लागि तर सुबर्णमानले त्यसलाई बिकाउ बनायो ।

मनमा यस्तै कुरा खेल्दै थियो उसलाई सुबर्णमान प्रति घृणा जागेर आयो । बाहिर पुरस्कार हातमा लिएको सुबर्णमान खुसी देखिथ्यो । धन्यबाद भाषण दिदै सुबर्णमानले कृष्ण मायाको धेरै पटक नाम लियो । कृष्ण माया भित्र भित्रै रिसले जलिरहेकी थिई । आयोजकले बिजेता सुबर्णमानलाई धन्यबाद दिदै भने ” सुबर्णमान यो पुरस्कारको सहि हकदार हुन् १२ बर्षको सानो उमेरदेखि उनले यो काम शुरु गरे उनको यो यात्राले आज १५ बर्ष पुरा गरिसकेको छ । उनको काम प्रतिको समर्पणको जति तारिफ गरे पनि पुग्दैन । उनले थपे धेरैलाई थाहा नहुन सक्छ १५ बर्षदेखि निरंतार झुकेर काम गर्दा उनको शरीर कम्जोर भएको छ । उनको शरीरको एउटा नशा खुम्चिएर उनि पुरुष भएर पनि पुरुष बन्न नसक्ने भएका छन । योभन्दा आफ्नो कामको लागि समर्पित अरु खोज्न सक्छौ? ” आयोजको को यो बाक्य पछी कृष्णमाया अवाक भइ । ऊ सोच्दै थिइ श्रीमान प्रति घमण्ड गरु या घृणा !!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *