“के छ खवर ?” सोध्यौ तिमीले,
मैले भनेँ, “ठिकै छ
जिन्दगीका घाउहरू अँझै पनि उस्तै छ
आँसुहरू लुकाएर मुस्कुराउदैछु आजभोलि
तिम्रै यादलाई भुल्ने कोसिस गर्दैछु आजभोलि
साच्चै कति रमाइलो थियो ती अवोध बालापन
चन्चलता र उत्सुकताले भरिएका हाम्रा नयन
मुस्कुराउदै जिन्दगीका प्रतिक्षामा बित्थे दिन
नदीका किनारासँगै खेली बितेका ती दिन
कत्ति प्यारो कत्ति मिठो मित्रताका गहिराइहरू
थाहै नपाइ टाढिएछन ती रमाइला पलहरू
तिमीलाई नै भुल्ने कोसिस गर्दैछु आजभोलि
आफ्नै मुटु जलाएर बाँच्दै छु आजभोलि ।”