Skip to content

तीन तरङ्ग (प्रयोगात्मक कथा)



त्यत्रो दिनदेखि घर बोलाको आज बल्ल आयो … सँधै आउँछु मात्र भन्छ … हुन त भाउ दिएकी थिइन … सँधै पछि लागेपछि के लाग्दो रहेछ र … डक्टरलाई पनि विश्वास नगर्ने भनी मख्ख पाऱ्यो … कहिलेकाहीँ त शंका लाग्छ … मान्छे त राम्रै होला जस्तो लाग्छ … ल ठीकै छ … बुवाले पनि डक्टर भए त हुन्छ भन्नु हुन्थ्यो … आखिर धेरै पढेर पनि के नै पो हुने हो र … उसले कमाइहाल्छ, मलाई पनि एउटा फार्मेसी खोलीदिन्छु भन्छ … आखिर पढेर पनि त पैसै कमाउने त हो … नपढी कमाइन्छ भने किन दुःख गर्नु …


के गर्नु केटो पनि हत्ते हाल्छ … डक्टर हुँ भन्छ साँच्चै होला र … डक्टर भएदेखि त ठीकै हुन्थ्यो नि … फेरि पैसा पनि चाहियो भन्छ एउटा फार्मेसी खोल्ने रे … आ … पैसा छोरीको त हो नी … त्यही पनि व्यापार व्यवसायमा लगाउने पैसा, के भयो र … उहाँ पनि डक्टर हो भने दिउँ न त भन्नुहुन्छ … बीस वर्षमै डक्टर भा’को रे … कतै डक्टरीको नाटक त होइन … नत्र त बरबाद हुन्छ … ठीक छ भोली हस्पीटलमा हेर्न आउनु भनेको छ … थाहा भइहाल्छ नि …
‘‘ल, पैसा खोजेर ल्याएको छु,’’ ऊ झसड्ग हुन्छे । ‘‘बल्ल बल्ल दुई रूपीयाँमा मिल्यो । पहिला सबै राम्रोसँग बुझेर मात्र दिनु पर्छ पैसा ।’’


म कसरी अपराधी भएँ … अपराध बोध गर्ने रे … किन … मेरो दोष कहाँ छ … होइन, दोषी त समाज हो … सबलाई कि त डक्टर कि त इन्जिनीयर चाहिने … के अरूको चाहीँ जीवन होइन र … अरूले चाहीँ प्रेम नै नगर्नु भन्ने छ र … मेरै दुर्भाग्य … एकैछिनको फेर … डक्टर हुँ भनेपछि त विश्वास गर्नु नि … सबै ठीकै त गइराखेको थियो … बाउ–आमा दुवै पैसा लिएरै आएका थिए … अहँ मलाई रत्तीभर पश्चात्ताप छैन … किन गर्ने पश्चात्ताप … के यो गल्ती मेरै हो … प्रेम र युद्धमा सब जायज हुँदैन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *