Skip to content

‘पल्लव साहित्य प्रतिष्ठान’ को स्रष्टा सम्मान सम्पन्न

20120829_GorkheSailo_News


भाद्र १० गते रविबार २०६९, चितवन ।

नारायणगढको लायन्सचोक स्थित लायन्स भवन सभाकक्षमा ‘पल्लव साहित्य प्रतिष्ठान’को स्रष्टा सम्मान, पुरस्कार हस्तान्त्रण कृति विमोचन तथा साहित्यिक गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य श्रीबुँद रानाज्यूको प्रमुख आतिथ्यता एवम् ‘पल्लव साहित्य प्रतिष्ठान’का विशिष्ट सदस्य एवम् लामिछाने बन्धु सेवा समाजका केन्द्रीय अध्यक्ष श्रीतिलकेश्वर लामिछानेको सभापतित्वमा संस्थाका संस्थापक अध्यक्ष श्रीऋषिप्रसाद लामिछाने गोर्खसाइलो स्वयम्ले नै सञ्चालन गर्नु भएको उक्त कार्यक्रम अति शिष्ट र सभ्य एवम् मनोरम रूपमा सम्पन्न भएको थियो ।

कार्यक्रममा वरिष्ठ व्याकरण-भाषाविद्, छन्दमार्गी कवि एवम् साहित्यकार श्री डा. टङ्कप्रसाद न्यौपाने (धरान नगरपालिका-१४, विजयपुर, सुनसरी) ज्यूलाई ‘दुल्लभ लामिछाने स्मृति पुरस्कार’ नगद रू. ५, १११।- सहित पल्लव राष्ट्रिय साहित्य सम्मान-२०६९ द्वारा विभूषित गरियो ।

वरिष्ठ समालोचक, कवि एवम् साहित्यकार श्रीदधिराज सुवेदी (विराटनगर-४, गोधुलीमार्ग, मोरङ) ज्यूलाई ‘बोधनाथ-हिमकुमारी लामिछाने स्मृति पुरस्कार’ नगद रू. ५, १११।- सहित पल्लव राष्ट्रिय साहित्य सम्मान-२०६९ द्वारा विभूषित गरियो ।

बाल उपन्यासकार, बाल काव्यकार एवम् बाल साहित्यकार श्रीललिता ‘दोषी’ (बुद्धनगर, काठमाडौँ) ज्यूलाई ‘शेषनाथ लामिछाने स्मृति बाल पुरस्कार’ नगद रू. ५, १११।- सहित पल्लव राष्ट्रिय साहित्य सम्मान-२०६९, द्वारा विभूषित गरियो ।

महाकाव्यकार तथा वरिष्ठ साहित्यकार प्रा.डा. गार्गी शर्मा (म्हेपी, काठमाडौँ) ज्यूलाई पल्लव राष्ट्रिय साहित्य सम्मान-२०६९, द्वारा विभूषित गरियो ।

गजलकार, कवि एवम् साहित्यकार श्रीयुसुफदिन मियाँ ‘पाल्पाली’ (भरतपुर-२, नारायणगढ, चितवन) ज्यूलाई पल्लव साहित्य सम्मान-२०६९ द्वारा विभूषित गरियो ।

छन्दमार्गी कवि, गजलकार एवम् युवा साहित्यकार श्रीलक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’ (चाँदनी-५, विष्णुनगर, कञ्चनपुर) ज्यूलाई पल्लव साहित्य सम्मान-२०६९ द्वारा विभूषित गरिएको छ ।

सोही अवसरमा लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’ज्यूद्वारा छन्दमा लिखित ‘आमाको स्मृतिमा’ शोककाव्य, युसुफदिन मियाँ ‘पाल्पाली’ज्यूद्वारा लिखित ‘एक बहर एक गजल’ शास्त्रीय सूत्रमा आधारित गजलसङ्ग्रह र ‘रोशनी’ गीतिलयमा आधारित गजलसङ्ग्रह तथा ‘पल्लव साहित्यिक पत्रिका’ १७ औँ अङ्क समीक्षाबिशेषको पनि विमोचन गरिएको थियो ।

उक्त अवसरमा डोटी, कञ्चनपुर, बैतडी, डडेलधुरा, कपिलवस्तु, भैरहवा, काठमाडौँ, ललितपुर, नवलपरासी, तनहुँ, धादिङ, मोरङ, सुनसरी, धनकुटा, झापा, राजविरा, इलाम, गोरखा, रूपन्देही, मकवानपुरलगायत २० देखि २२ जिल्लाका स्रष्टाहरूको उपस्थिति रहेको थियो । जसमध्ये विवश पोखरेल मोरङ, धनजित पराजुली, मोरङ, तारा पराजुली मोरङ, गोविन्द ढुङ्गाना बिराट नगर, पोष्टराज चापागाईं किर्तिपुर, शैलेश लगनखेल, अर्जुन कुमार गिरी ललितपुर, श्याम बावु भावुक काठमाडौँ, रेणुका भट्टर्राई, काठमाडौँ, संगीता शर्मा काठमाडौँ, प्रिती कैर काठमाडौँ, रश्मी रिमाल काठमाडौँ, भगीरथ काफ्ले काठमाडौँ, तीर्थराज भट्टर्राई इटहरी, कृष्ण विनोद लम्साल इटहरी, मदनराज बराल इटहरी, कैलाश कुमार पाण्डे डडेलधुरा, महेशराज भट्ट कञ्चनपुर, बलदेव अवस्थी कञ्चनपुर, नन्दलाल आचार्य राजविराज, अरविन्द कुमार यादव सप्तरी, बिर्खे अञ्जान पालुङ, मकावनपुर, गोविन्दराज विनोदी गैँडाकोट नवलपरासी, नुम माया रजाली देउराली-४, नवलपरासी, लक्ष्मी पाण्डे देउराली-४, नवलपरासी, रेवती सारू देउराली-३, नवलपरासी, सदानन्द अभागी नवलपरासी, दीपक सोती नवलपरासी, बिमला चन्द सानु वैतडी, किशन ठगुन्ना महेन्द्रनगर, राजुबाबु पहाडी मकावनपुर, देवराज शर्मा मकावनपुर, बीरबहादुर चन्द महेन्द्रनगर, श्रीदौपति चन्द महेन्द्रनगर, ओलाघरे साहिँलो फुँएतप्पा इलाम, सूर्य प्रसाद कावासोती नवलपरासी, सरस्वती कँडेल कावासोती, नवलपरासी, यदुनाथ भट्ट गोरखा, अशोक गौतम क्षितिज बुटवल, भगवती अर्याल जदाहा नवलपरासी, निर्दोष जीवन गैँडाकोट नवलपरासी, का साथै स्थानिय स्रसटाहरूमा प्रा.डा.नारायण प्रसाद खनाल, प्रेमविनाद नन्दन, शङ्कर सुवेदी, एल.बि. क्षेत्री, गायत्री श्रेष्ठ, रेशमलाल श्रेष्ठ, हुसैन खाँ, दिपेन्द्र कुमार जोशी ‘निक’, केदारनाथ खनाल, केशवराज आमोदी, कपिल अज्ञात, पूर्णप्रसाद अधिकारी, धनराज गिरी, पुष्प अधिकारी अञ्जलि, प्रभाकर पण्डित, रिना गुरुङ, सुरेन्द्र अस्तफल, गीता सेर्ढाई (कँडेल), खनाल रेतीरमण, डि.आर. पोखरेल, नमुना शर्मा, श्यमजी अतिथि, राजेन्द्र घायल, गणेश प्रसाद रिजाल, इश्वरी ओझा, रुबिन पौडेल, रमेश अधिकारी ‘विरता’ ऋषेश्वर दुवाडी, राजन विफल पौडेल, शान्ती शर्मा, पत्रकार पत्रकार चिन्तामणि, शान्त अधिकारी, आशा खरेल, विदुर ढकाल, श्रमिका दवाडी, सृजना अर्याल, भरतप्रसाद लामिछाने, देव्रि्रसाद पाठक, अशोक प्रसाद लामिछाने, केशव प्रसाद लामिछाने, निरज भट्ट, मिना लाछिाने, कल्पना लामिछाने, पवित्रा लामिछाने, बसु कँडेल (लामिछाने) लगायतका १३६ जना स्रटाहरूको उपस्थिति रहेको थियो ।

संस्थाका संस्थापक सदस्य श्रीशङ्कर सुवेदीले स्वागत भाषण गर्नुभए पछि सुदेश सत्यालको छन्दात्मक कविताबाट स्वगत गरिएको थियो । कार्यक्रमका बिचबिचमा स्रष्टा सम्मान, कविता पाठ र कृतिहरू विमोचन सबैलाई समिश्रणरूपमा चलेको हुँदा समपूर्ण उपस्थित स्रष्टाहरूलाई दिनभरि नै रौनकता प्रदान गरिरहेको थियो ।

अन्तमा कार्यक्रम सञ्चालक एवम् संस्थाका अध्यक्ष ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’ले गरेको धन्यवाद ज्ञापन पछि सभका सभापति श्रीतिलकेश्वर लामिछानेले धन्यवाद मन्तव्य सहित कार्यक्रमको विर्सजन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *