फेरिएन जीउमा कहिल्यै फाटेको यो गुन्यु चोली
न त कहिल्यै बिक्न सक्यो निमुखाको बोली
दुखमाथि झनै दुख कस्तो यो बिडम्बना
गरिबले थाप्नु पर्ने किन सधै झोली?
श्रमको मूल्य छैन शरीर जति घोटे पनि
कसले सुन्छ पिडा मेरो बस्छु मनमै घोली
बाँच्नु पर्छ खोले खाई रात दिन दुख गरे पनि
थाहा छैन भोकै मर्ने आज हो कि भोलि
अत्याचारले सीमा नाघ्यो सहने हो कहिलेसम्म
स्वाभिमान बेच्नु भन्दा थाप्छु बरु गोली