Skip to content

गोरी काली फसाउने


गोरी काली फसाउने थियो एउटा काले
उड्ने चरा खसाउने थियो एउटा काले

गोरी काली फसाए नि उड्ने चरा खसाए नि
मेरो घर बसाउने थियो एउटा काले

आफू पिरको पहाड् चढी मुटु बिचतिर रोपी
सबैलाई हँसाउने थियो एउटा काले

जस्तोसुकै खडेरीमा जिउनु परे पनि
मूल जस्तै रसाउने थियो एउटा काले

नडराई मर्नलाई परिआउँदाखेरी
आफ्नै ज्यान डसाउने थियो एउटा काले

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

6 thoughts on “गोरी काली फसाउने”

    1. हजूर हस्ता जी धन्यवाद
      हजूर हस्ता जी धन्यवाद सुन्दर प्रतिक्रियाको लागी अवश्य पनी हजूरहरुको साथ र हौसला मिल्छ भने .

  1. nice
    kabita sarhai ramro 6 hai , afnai lagi creation garnu vako ho ki kasaiko lagi garnu vako chai thaha vayana anyway so nice word u selected

    1. shree krishna ji
      hajur shree krishna ji tnx.. lekheko kasai na kasaiko vaavnaasanga milihaldo rahe6 mero aafno laagi vanda pani aruko laagi ma lekhne gar6u .

      1. reply
        bina ji aruko lagi lekhe pani vawana ta sabai afnai ta hun ni hoina ra ? tara pani kasaiko jeevan ma mel khanu chai samyog matra hun6 haina ta bina ji /

    2. हजुर कृष्ण जी
      हजुर कृष्ण जी कथावस्तु टिप्न त समाजमा भएकै घटनाक्रमहरुबाट हो यदयपी भावना त आफ्नै प्रयोग भएकै हो । पक्कै पनि लेख्नेले आफ्नै भावनाहरु पात्रहरु मार्फत उजागार गर्ने नै हो । यसै सन्दर्भमा यो गजलमा पनि केहि मेरा भावना उत्रिएकै हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *