Skip to content

‎ढकमक्क फूल फुलेको डाली


‎ढकमक्क फूल फुलेको डाली कस्तो मज्जा
बगैचाको एकलौटी माली कस्तो मज्जा

मृगनयनी आखाँ तिम्रा मन्ध मुस्कान अनि
पिपल पाते ओँठको लाली कस्तो मज्जा

जति हेरे नि हरौ हेरौ लाग्ने मोरी त्यो कस्ती
जिस्काई रहने कान्छी साली कस्तो मज्जा

हृदयदेखि मन पराई सके मैले उनैलाई
मिलेको जिउ गहुँ गोरी काली कस्तो मज्जा

रिसाएर माया गर्छु भन्नु भन्दा पनि
मुस्कुराई दिएको गाली कस्तो मज्जा

http://www.facebook.com/Lovestory.Keshab

Leave a Reply

Your email address will not be published. Required fields are marked *