मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
भुत्ते हतियार
kbs — Thu, 12/04/2008 - 19:35
ऊसित चमचम चम्कने धारिलो खुकुरी छ। ऊ त्यसलाई हरदम बोकेर चोक, गल्ली र टोलबजार घुम्ने गर्छ। ऊ बाटोमा हिँड्दा पनि कुनै हिंस्रक जन्तुझैँ फर्कीफर्की यताउति घुर्दै घुर्दै हिँड्ने गर्छ। उसको कुरा नसुन्ने, उसलाई नमान्ने जोसुकैलाई पनि ऊ भेटेकै ठाउँमा अँठ्याउँछ। त्यसैले टोलबजार छरछिमेकका सबै ऊसित सतर्क छन् र उसको सामु पर्नासाथ अदबपूर्वक नमस्कार गर्छन्। ऊ जहाँबाट गुज्रन्छ त्यहाँ करतलध्वनि बज्छ। स्वस्तिको लहर चल्छ।
एक दिन उसले बाटामा हिँडिरहेको एकजना निर्दोषलाई आफ्नो खुकुरीले हान्यो। कारण थियो त्यस अपरिचितले उसलाई स्वस्ति गरेन। अनि त के चाहियो उसले खुकुरी उज्याएर प्रहार गरिहाल्यो।
र यस्तो घटना प्रायशः भइरहेकै हुन्छ।
टोलबजारमा उसको हैकम चल्छ। ऊ कुनै पनि बखत कसैलाई केही पनि गर्न सक्छ। कसैलाई पिट्न, थुन्न, झुन्ड्याउन, घोक्र्याउन र दण्ड दिन सक्छ। ऊसित धारिलो खुकुरी छ। सबै त्यो खुकुरीको धारिलोपनबाट ध्वस्त छन्।
यसरी धेरै वर्षसम्म उसको हैकम चल्यो तर एक दिन उसको हतियार भुत्ते भयो, त्यसमा खिया लाग्यो। ऊ स्वयम् पनि कमजोर र अशक्त देखिन थाल्यो। तर अझै पनि टोलछिमेकका मान्छेहरू उसको सामु पर्दा स्वस्ति गर्न बिर्सँदैनन्।
एक दिन बीचबजारमा कसैले उसलाई स्वस्ति गर्नु त कताकता जानाजान धक्कासमेत दियो। उसले रिसले आँखै देखेन। क्रुद्ध भएर आफ्नो हतियार निकालेर त्यसलाई हान्न हात उज्यायो।
बजारमा धेरै दिनपछिको त्यो घटना देखेर मानिसहरू भयले काम्न थाले। तर त्यसले भने खासै वास्तै गरेन। उसले आफूमाथि उज्याइएको हातलाई सहज रूपले ट्याप्प समातेर खुकुरी थुत्यो र नजिकैको नालामा फुत्त फाल्यो।
'जानुस् तपाईँ, खिया लागेको र भुत्ते हतियार बोकेर तर्साउने युग गइसक्यो।'
उसले केही भन्न सकेन, केही गर्न पनि सकेन। त्यही बेला सबैले देखे साँच्चिकै उसको हतियार भुत्ते भइसकेको थियो। कति दिनदेखि खिया लागेर कामै नलाग्ने भइसकेको थियो।
त्यसै दिनदेखि उसलाई कसैले नमस्कार गर्नु त के महत्त्वसमेत दिएन। उसका लागि नमस्कार गर्न उठ्ने हातहरू त अचेल त्यो अर्कोलाई पो नमस्कार गर्न थालेका छन्।
- 2435 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- एकदम सान्दर्भिक
57 min 59 sec ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
3 hours 40 min ago - भुगोल ले नछेकेको माया
5 days 9 min ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
5 days 1 hour ago - सधा झै उत्कृष्ट रचना
5 days 19 hours ago - Correction
1 week 5 days ago - स्तब्ध बनाउने हरफ हरु
1 week 5 days ago - धन्यवाद सर, केही समयमा पुन
1 week 6 days ago - कुमार सर, नमस्कार छ । नयाँ वर्षमा नयाँ कम्प्लेन
2 weeks 1 day ago - DHANYABAD SABAILAI
2 weeks 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- असल वैज्ञानिक
- हेर न हेर ओइ डोल्मो
- पर्खी बसे आउला भनी मेरो उठने पालो
- महलकी रानी
- बुख्याँचा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- छैन तिम्रो मायाँ मारेको
- तिज
- सुन्दासुन्दै
- ‘दले’को जालो
- वर्ण विन्यासः पदयोग र पदवियोग
- पाठ्यक्रममा साहित्यिक कृति
- प्रेम पाप होइन
- प्रिय मेरी मायालु तिम्रो यादमा
- गजल
- कहिलेकाहीं झस्किन्छु
- मैले हेरेकै हुँ
- सुन्दर नगरी पोखरा
- ह्याप्पी ‘भालेटायम’ डे !
- शुरुवात यस्तो रह्यो
- झुटा लाग्छन सारा ईतिहास
- किताब छाप्ने धोको
- त्यो किसान आन्दोलन
- फोन इन लभ
- अहँ, केही छैन खोट यो मनमा
- दुधे बच्चा छोडेर
- कसले गरोस् अनुभूत !
- देबकोटालाई बिन्ती पत्र
- किन लाग्छ माया
- जननीजन्मभूमिश्च
Post new comment