Skip to content

माईती अनि चेलीको


माईती अनि चेलीको मायाप्रीत खै त तीज ?
आजभोलि वेदनाको मिठो गीत खै त तीज ?

दु:ख पीडा भोग्दै रुँदै चेली घरमा बस्दा
दाजुभाई आई लाने सुन्दर् रीत खै त तीज ?

दिदी बैनी आमा छोरी जो भए नि नारी
सबै मिली गर्नु पर्ने तिन्को हीत खै त तीज ?

हिजो आज उच्छृंखल शब्दसँगै नाच्छौ
उबेलाको शब्दसँगै मर्ने धीत खै त तीज ?

स्रोह शृङ्गार् गर्दै आफै चुरासँग अल्झ्यौ
त्यस्ता बन्धन् चट्ट काट्दा हुने जीत खै त तीज ?

उस्तै व्यथा उस्तै कथा एक् अर्कामा पोख्दा
आफ्नै व्यथा सम्झिदिने मन्को मीत खै त तीज ?

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

3 thoughts on “माईती अनि चेलीको”

  1. हजूर ठिस सर र के एश सर
    हजूर ठिस सर र के एश सर लाई धन्यवाद प्रतिक्रियाको लागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *