Skip to content

काँडा रैछ्यौ चस्स घोच्ने बात बातमा तिमी


-१-

काँडा रैछ्यौ चस्स घोच्ने बात बातमा तिमी
बोल्न पनि पो डर लाग्छ घात घातमा तिमी
जताततै दिनमा रातमा आकशको जूनमा देखें
फूलमा मात्रै होइन हाँगा र पात पातमा तिमी

-२-

मोती टिप्न भनेर समुद्रमा पसें ढुङ्गा हातमा आयो
त्यहीं ढुङ्गा देवता मानी ढोगेको सपना रातमा आयो
जीवन भन्नु आरोह र अवरोहको अग्लो पहाड रैछ
त्यसैले त आफ्नै संघर्षको प्रतिविम्व प्रभातमा आयो

-३-

एउटा निर्देशक अर्को कलाकार हुन्छ यहाँ
मिहिनेत गर्नेकै जीवन साकार हुन्छ यहाँ
हात बाँधी भाग्यमा भरपर्नेको कमी छैन
त्यसैले चक्काजाम र हाहाकार हुन्छ यहाँ

-४-

छोडेर जीवनमा सारा काम मैलें
लेख्दै मेट्दै गरें उनको नाम मैलें
कहीं छैन मनको सुख र शान्ति
साहित्यनै मानें चार धाम मैलें

-५-

पाउ लड्खडाउदै थिए भो भो भन्दा पनि पिलाउदै गयौ
भित्र सल्केको थियो आगो बाहिर हात मिलाउदै गयौ
अरु मस्त थिए भौतिक जगतको मोहमा चुर्लुम्म डुबेर
तिमी नशाको टेको लगाइ फाटेको हृदय सिलाउदै गयौ

गीता थापा

1 thought on “काँडा रैछ्यौ चस्स घोच्ने बात बातमा तिमी”

  1. ठिस बुढा

    दोषी ज्यूको मुक्तकहरु
    वाह!!!
    रसिलो, रोचक-घोचक, मिठो मुक्तकहरु।
    सुभकामना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *