Skip to content

तिम्रो माया?


हराएको थिए यही कतै तिमीले खोज्छौ कि भनी
दाँजेको थिए मेरो माया तिमीलाई कति लाग्छ भनी

तिमी त निष्ठुरी रहेछौ खोजिनौ कहीँ कतै पनी
झुठ्ठा रहेछन खाएका कसम मेरो माया लाग्छ भनी

हुँदा माया लगायौ तिमीले अत्ति चिल्लो नौनी बनी
आजा तिमी टाढा भयौ केही नभएको कंगाल भनी

तिम्रो लागि माया प्रीति पैसामा बिक्ने भयो रत्नमणि
भन्ने गर्थ्यौ रोजिसके बिछोड कहिले हुँदैनौ भनी ।

सनम गोले
मकवानपुर हल मलेशिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *