हरेक पन्ध्र बर्षमा गरिने समिक्षात्मक बैठकमा संसारभरका सरकार प्रमुखहरूलाई स्वर्गलोकका राजा इन्द्रले निमन्त्रणा गरेछन् । नेपाल नामक देशको तर्फबाट पनि प्रतिनिधि सहभागी भए । बैठकमा नेपालमा पन्ध्र बर्षदेखि यता विकासको गति जस्ताको तस्तै रहेको र अन्य मुलुकहरूले भने यस वीचमा थुप्रै प्रगति गरेको कुरा निर्क्योल गरियो । यो अवस्थाबाट राजा इन्द्र निकै चिन्तित भए ।
नेपाललाई मुक्ति दिलाउन स्वर्गका राजा इन्द्रले नेपाली प्रतिनिधिलाई बिकासको बिउ दिने सोच बनाएर झोलामा ठीक पारे । बडो खुशी मुद्रामा बिउ हातमा लिएर नेपाली प्रतिनिधि इन्द्रलाई कसरी छर्ने ? तरीकाबारे सोधे, बरु बिर्सिएला कि भनेर लिस्ट लेखेर दिन अनुरोध गरे । त्यो कागज अनि बिउ बोकेर अनेक कल्पना बाहिर निस्के ।
कार्यक्रम सकिएपछि पनि सहभागीहरू कोही स्वर्गलोकको वरिपरि घुम्दै थिए । नेपाली प्रतिनिधिले पनि विचार गरे – “फेरि फेरि आउन पाइन्छ कि पाइदैन, बरु यही मौकामा मज्जाले घुम्ने मनोरन्जन लिऊँ क्यार !”
स्वर्गको रमणीय वातावरण, चरा चुरुंगी चिरबिर गरिरहेका, कतै अप्सराहरू संगीतको धुनमा नाचिरहेका, कोही मदिरा सेवन गरिरहेका, विभिन्न किसिमले आनन्द लिइरहेको देखेर उनी पनि त्यो झोलाको पोको छेउमा राखेर चुस्स सुरुप्प पार्दै अप्सराहरूको नाच हेर्ने विचार गरे । नभन्दै आगन्तुकहरूलाई बस्न भनेर सजाईएको ठाउँ रहेछ उनि पनि गएर आनन्दले ढल्केर नाच हेर्न थाले । मदिरा लगेछ क्यार ? झपक्क निदाएछन् ।
तन्द्रामा यसो आखा उघारेर हेर्छन् त छिमेकी मुलुकका प्रतिनिधिले त त्यो पोको लिएर दौडदै थिए । यता मस्त सुरमा प्रतिनिधि भन्दै थिए – “लैजा न लैजा ! तैले लगेर के हुन्छ र ? मसँग बिउ कसरी लाउने लिस्ट त छदै छ नि !”
केही समय पछि छिमेकी मुलुकमा त्यो बिउ उमारेर हलक्क बढाउदै थिए । यता भने नेपाल नाम गरेको देशमा भने बिउ खोजी गरेको गर्यै थिए ।
“बिकासको बिउ” बडो रोचक कथा
सार्है रोचक-घोचक कथा।
धन्यवाद।