Skip to content


समय छैन, समय छैन,
यो कुरा आजकल सबका लागि बन्यो
जसलाई सोध्नुस्, समय छैन,
हरेकलाई आजकल विशेष बन्यो ।
पढ्नका लागि समय छैन,
भेट्नका लागि समय छैन
प्रातः कालमा उठ्नका लागि समय छैन
जन्म दिने आमाबुबाका लागि समय छैन,
जसलाई सोध्नस्, समय छैन,
हरेकलाई आजकल विशेष बन्यो ।
चिन्तनका लागि समय छैन
मननका लागि समय छैन
जिन्दगी सही ढङ्गले जिउनलाई समय छैन,
जसलाई सोध्नुस्– समय छैन ।
आफ्नो खुशी बाड्नका लागि समय छैन
आफ्नो दुःख बाड्नका लागि समय छैन
घरमा आएका
अतिथि–सत्कारका लागि समय छैन ।
तर मलाई भने पूरा समय छ,
राति अबेरसम्म कम्प्युटरमा बस्नका लागि
नेटमा च्याट गर्नलाई समय छ
फेसबुकको फेससँग
मित्रता गर्नका लागि समय छ,
मेल वा फिमेलसँग
इमेलबाट विवाह गर्न समय छ ।
एक दिन समय स्वयं आएर
सोध्नेछ, हामी–तपाईंहरूसँग
तपाईंले समयलाई के गर्नु भो,
तपाईंलाई के प्राप्त भो ?
न बाँच्नु भो, न अरूलाई बाँच्न दिनु भो
न हाँस्नु भो, न हँसाउनु भो
न त जीवनमा कसैको आँसु पुछ्नु भो
जीवन समाप्त भइसके पछि पनि
भन्नुहोला– समय छैन, समय छैन ।

-करुणा झा

(मैथिलीबाट अनुवाद – नन्दलाल आचार्य)

2012-09-09 03:28:31 +0100

Leave a Reply

Your email address will not be published. Required fields are marked *