Skip to content

झ्याङ्गिदैछ तीज

UshaGiri-04


तिम्रो आगमनमा
गोधुलीमा फक्रदै
बर्षा ऋतुलाई लखेट्दै
सरद ऋतुलाई कोरल्दै
सर्बाङ्ग पग्लदै, छछल्किदै
उकुसमुकुस आएकी छौ
तीज
हामी तमाम नेपाली
किशोरीहरुको माझमा
यथार्थमा भन्नुपर्दा
हामी नारीहरुको पर्व
खुशीले छताछुल्ल पोखिदै
आकासिदै झाङ्गिदै
मन मन्दिरमा
छाएकी छौ
तीज
रङ्गिन रङ्गहरु लपेटेर
सुगन्धको मनमोहकसङ्ग
दु:खलाई साट्तै
खुशीलाई मनभरि अगाल्दै
छमछमी रातो साडी र फुर्के धागो
हरियो पोतेमा तिलहरी
छिन्द्रिङ्ग छिन्द्रिङ्ग बज्ने
हात भरि काचका चुरा
र पाउमा पाउजुको
झन्कारसँगै
हाम्रै मझेरीमा आयौ अनि
सुटुक्क माया लाएकी छौ
तीज
तिम्रो यो आगमनलाई
शुभकामना ।

उषा गिरी
चारपाने, झापा
हाल: ब्रसेल्स बेल्जियम ।

1 thought on “झ्याङ्गिदैछ तीज”

Leave a Reply

Your email address will not be published. Required fields are marked *