Skip to content

आमा जस्तै सासू पनि भइदिए हुन्थ्यो (बुहार्तन – ? )

ShantiRamDhakal-04


आमा जस्तै सासू पनि भइदिए हुन्थ्यो
धन्दा पात गर्दा खेरी सघाइदिए हुन्थ्यो
छोरा छोरी भोकै हुँदा ख्वाइदिए हुन्थ्यो
घर फर्की आउदा खेरी हाँसी दिए हुन्थ्यो
कस्तो रैछ कर्म हो यो बुहार्तन मेरो
अरु सबको रिस राग सासू मलाई फेर्ने
राम्रो खा को सफा ला को रिस मात्र गर्ने
बाल बच्चा घर संसार सबै मैले गर्ने
कस्तो रैछ कर्म यो हो बुहार्तन मेरो

पल्ला घरका माथ्ला घरका कुरा मात्र गर्छन
पँधेरीमा मेलापात प्रश्न मात्र गर्छन
हाट भर्दा बजार हिड्दा सासू बुहारी जान्छन
मेरो मात्र कर्म कस्तो दुख ; लेख्या रैछ
मिठो बचन कहिल्यै छैन रिस मात्र पोख्छिन
आमा जस्तै सासू पनि भैदिए हुन्थ्यो
केही अंश भए पनि यो शरीरले धान्थ्यो

आमाजू र नन्द पनि उस्तै लय गाउछन्
कुरा कति कनीकुथी सबै लाउन भ्याउछन
तिनका पनि घर भित्र सासूहरू होलान
तर पनि किन कोनी मुखमात्र फेर्छन
मिठो बचन केही हुन्न रिसराग पोख्छन
माया भन्ने कस्तो हुन्छ दुख ; मात्र दिन्छन
तर पनि यो मन लाई सिलाएर बस्छु

चाहिदैन तिनको माया हाँसिदिए हुन्थ्यो
चाहिदैन तिनको दया नटोकी दे हुन्थ्यो
घर हो कि जंगल हो ओडार पो हो की
नंग्रा मात्र छैनन् तिनका चिथोर्न नै खोज्छन
शब्द हरू खोजी खोजी तितो मात्र बोल्छन
तर पनि यो मन लाई सिलाएर बस्छु
सुख दुख ; कुरा गर्न धेरै मन लाग्छ
कहिलेकाहीँ सबै छोडी हिडौ जस्तो लाग्छ
नानीहरू सम्झिएर थन्किएर बस्छु

आफ्नू दुख ; बाड्नलाई माइत जाऊ लाग्छ
आमा लाई सुनाउदा आमा झन् दुखी
मन खुम्च्याई बसेकी छु कर्म मेरो दुखी
यस्तै नै छ जीवन मेरो कर्म संगै हो कि

आमा जस्तै सासू पनि भइदिए हुन्थ्यो
मेलापात फर्की आउदा हाँसी दिए हुन्थ्यो
केटा केटी भोकाऊदा ख्वाइदिए हुन्थ्यो
दुइ चार शब्द बोल्दा खेरी मिठो बोल्दिए हुन्थ्यो
चाड वाड आउदा खेरी खुशी भई दे हुन्थ्यो
आमा जस्तै सासू पनि भैदिए हुन्थ्यो !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *