मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
सानो कापी (लघुकथा)
ks — Thu, 09/13/2012 - 20:01
चमेलीले राजालाई एउटा सानो कापी लगेर दिई । राजाले त्यो कापीमा लेखिएका अक्षरहरू पढ्न थाले । उनले पढ्दै गर्दा अचानक चिच्याउँदै हजामले (लौहा) भन्यो, "सरकार ! मैले त होइन मन्त्रीज्यूले अह्राएको हो ।"
राजाले छक्क पर्दै सोधे, "तिमीलाई मन्त्रीले के अह्राएका थिए ?"
"सरकार ! आज कपाल काटेको बेला हजुरको घाँटी रेटेर मारिदिनु भनेका थिए ।"
कपाल काट्न बसेका राजा हजामको कुराले स्तब्ध भए, "अनि यो कागज कहाँ फेला पार्यौ त ?" भनेर चमेलीलाई सोधे ।
चमेलीले भनी - "मूलद्वारको छेउमा बढार्दै गर्दा भेटेकी हुँ । तर एकै छिनअघि दरबारभित्र आउँदै गरेको एक जना युवकलाई त्यही ठाउँमा द्वारपालेहरूले बेहोस हुने गरी पिटेर बाहिरको प्रतिक्षालयमा लडाइदिएका छन् । शायद उसैको हुनुपर्छ सरकार !"
त्यो युवकलाई दरबारभित्र ल्याउन राजाले आदेश दिए । राजाको छेउमा आइपुग्दा बिचरा लठेप्रो धर्मराज डरले थरथरी कामिरहेको थियो । नडराई बस भन्दै राजाले उसलाई आफ्नो छेउको मेचमा बसाए र "यो कापी तिम्रो हो ?" भनेर सोधे ।
"हो सरकार !" ओठ कमाउँदै धर्मराजले भन्यो ।
राजाले फेरि सोधे, यो कापीमा के लेखेको र किन लेखेको ?
राजाको अगाडि निहुरमुन्टी, “न" जस्तै हुँदै धर्मराजले भन्यो," सरकार ! मेरो घरमा बिहान बेलुका हात मुख जोर्न पनि गार्हो भएकोले म काम खोज्न आएको हुँ । यहाँसम्म आइपुग्दा बाटोमा जे जे देखें त्यही त्यही लेखेको हुँ ।"
फेरि राजाले सोधे, "के के देख्यौ त ?"
घरबाट निस्किएपछि सबैभन्दा पहिले रुखमा एक्ले बाँदर बसेको देखें । त्यसैले "टुसुक्क बसेको छ" भनेर लेखें । अलिक पर पुग्दा मूसाले धान खाँदै थियो । त्यसलाई "कुत्रुक-कुत्रुक गर्दैछ" भनेर लेखें । फेरि अलिकति हिँडेपछि हिलो पानीमा सुँगुर लडिबुडी गर्दै थियो । त्यसलाई "घसिघसाउ -घसिघसाउ पानी" भनेर लेखें । हिँड्दा हिँड्दा मलाई थकाइ र भोक लागेपछि ढुंगामा बसेर खाजा खाँदै गर्दा मेरो सामुन्नेको रुखमा एउटा कालो ढेडु देखें र उसलाई पनि मलाई जस्तै भोक लागेको होला भन्ने सम्झेर "कालु ! तेरो कुरा मैले जाने" भनेर लेखेको हुँ ।
उसको कुरा सुनिसकेपछि "मलाई रक्षा गर्न मेरो भगवान बनेर आएका रहेछौ तिमी" भन्दै राजाले धर्मराजलाई चाहिने जति सम्पति दिएर पठाए । र, ईश्वरलाई धन्य भन्दै चार लाइन लेखिएको त्यही कागजमा नजर डुलाउन थाले ।
१, टुसुक्क बसेको छ ।
२, कुत्रुक - कुत्रुक गर्दै छ ।
३, घसिघसाउ - घसिघसाउ पानी ।
४, कालु तेरो कुरा मैले जाने ।
संयोगबस त्यो हजामको नाम कालु थियो ।
लक्ष्मी पोखरेल
- 13518 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
1 day 9 hours ago - सानो आग्रह गरे है सर
2 days 4 hours ago - कत्रो दुर दर्शिता
6 days 13 hours ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 4 hours ago - appreciate
4 weeks 6 days ago - आभार
5 weeks 7 hours ago - बहुत खुब कहिल्छि ।
5 weeks 3 days ago - आभार प्रकट गरे
5 weeks 5 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 5 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 6 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- नपग्लने यो मन
- यात्रा रहेछ जिन्दगी
- तीन मुक्तक (तिर्खाएकाको लागि)
- बिछोडको पिडा
- छोरीको जन्मदिनको शुभकामना
- मलाई त सुनसान रातसँग डर लाग्छ
- एकसमान देख्छु
- मात
- उस्तैः एक प्रयोग कथा
- पुरस्कार र सम्मान त्यस्तो व्यक्तिले पाउनु पर्छ जसले पाएर पुरस्कार आफै सम्मानित होस्
- दुई मुक्तक (हिमालदेखि, फूल फुल्छ)
- मैले मात्र खाएर हुन्न
- प्रेम-एक अन्तहीन यात्रा
- चञ्चल छ चञ्चल छ यो मनजस्तो ऋतुमौसम
- माया
- तिमीले भनेका सारा देव छोएर
- दुई हाइकु (साउने झरी)
- चारैतिर घुमी घुमी जुटेर खायौ
- आजको सन्दर्भमा गजलकारहरूले गजलमा खेल्नु पर्ने भूमिका
- तिम्रो त्यो मोहक रूपको .बर्णन कसरी गरौँ म
- काम गर्न नसक्नेले
- म भक्त हुँ यो देशको
- विश्वास
- गजल
- धूवाँको जङ्गल
- आयाम थपिएको छ तिम्रो समिप परेपछि
- नेपाली नाट्य इतिहासमा बालकृष्ण सम
- तीन मुक्तक (जोखिदिन्थे, मन छुने, जलाई दिनु)
- घर
- यूगीन सपना
nepali laghu katha
अतिथि (not verified) — Sun, 09/16/2012 - 13:14i like this much
Post new comment